आज :

दोलखामा माओवादी उम्मेदवार गंगासंग एमालेका सिवाकोटीले घटाए मतान्तर, यस्तो छ ताजा अपडेट

  • अनलाइन डबली

काठमाडौं । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम राखेका छन् । हाल जिरी नगरपालिकाको मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले मतान्तर केही घटाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार दिउँसो सार्वजनिक गरेको मत परिणाम अनुसार माओवादी केन्द्रका गंगा कार्कीले १० हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका शिवाकोटीले ९ हजार ३०५ मत पाएका छन् ।

हालसम्म गौरीशंकर गाउँपालिकाका ८ वटा वडा, कालिन्चोक गाउँपालिकाको सबै वडा र जिरी गाउँपालिकाको वडा नं ६, ७, ८ र ९ को मतगणना भइरहेको छ ।

बाजुराको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायम राखेका छन् ।

खसेको ६० हजार १५२ मध्ये २६ हजार ९४२ मत गणना हुँदा पाण्डेले १४ हजार २१५ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापाले १२ हजार ५५७ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १६५८ छ ।

यस्तै स्याङ्जा २ मा प्रतिनधिसभा सदस्यको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।

शनिबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार धनराजले २७ हजार ३२ मत पाएका छन् भने नेकपा एमालेकी उम्मेदवार पद्‍मा अर्यालले २२ हजार ४०१ मत पाएकी छन् । उनीहरुबीचको मतान्तर ४ हजार ६३१ छ ।

प्रदेशसभा निर्वाचन क्षेत्र स्याङ्जा २ (२) मा पनि नेपाली कांग्रेसका महेश भट्टराईले अग्रता कायम राखेका छन् ।

उनले १४ हजार। ८६७ मत पाएका छन् भने नेकपा एमालेका वुद्धिमान श्रेष्ठले १२ हजार ७०४ मत पाएका छन् । भट्टराई २ हजार। १६३ मतान्तरले अगाडि छन् ।

स्याङ्जा २ मा प्रतिनिधिसभामा ७० हजार १९१ मत खसेकामा अब चापाकोट नगरपालिकाको ५, ६, ७, ८, ९ र १० नम्बर वडाको मतगणना हुन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal