
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले एमाले उम्मेदवार कर्ण थापासँग मतान्तर जोगाइरहेका छन् । पाण्डे २ हजार ६४६ मतान्तर मतान्तरसहित अग्र स्थानमा छन् ।
शनिबार बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस नेता पाण्डे १२ हजार ७०५ मत ल्याउँदा एमालेका उम्मेदवार कर्ण थापाले १० हजार ५९ मत पाएका छन् ।
बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २० हजार ६३६ मत गणना भइसकेको छ । यता स्याङजा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङ निरन्तर छन् भने उनलाई एमालेकी उम्मेदवार पद्मा अर्यालले पछ्याउँदै आएकी छन् ।
प्रतिनिधिसभातर्फ कांग्रेस उम्मेदवार धनराज गुरुङ मतगणना शुरू भएदेखि निरन्तर अग्रता कायम छ । गुरुङ एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालभन्दा २ हजार २६ मतले अगाडि छन् ।
पछिल्लो गणना अनुसार गुरुङले २३ हजार ६८१ मत पाउँदा अर्यालले २१ हजार ६५८ मत ल्याएकी छिन् ।
हालसम्म स्याङ्जाको गल्याङ नगरपालिकाका ११, भिरकोट नगरपालिकाका ५, वालिङ नगरपालिकाको १२ तथा कालीगण्डकी गाउँपालिकाका ७ गरी ३५ वडाको मगतणना सकिएको छ ।
उता दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम छ । हालसम्म १६ हजार एक सय ९४ मतगणना हुँदा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गङ्गा कार्कीले सात हजार सात सय नौ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले छ हजार सात सय मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।
दोलखाको प्रदेशसभा (१) मा १३ हजार पाँच सय सात मतगणना गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले छ हजार चार सय ७४ मत तथा एमालेका नरबहादुर श्रेष्ठले पाँच हजार तीन सय १९ मत ल्याएका छन् ।
प्रदेशसभा (२) मा १७ हजार चार सय ३१ मतगणना हुँदा एमालेका भरत केसीले सात हजार नौ सय सात र कांग्रेसका बर्मा लामाले सात हजार तीन सय ७३ मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार नौ सय ७८ मत खसेको थियो ।
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।