आज :

फिफा विश्व कपः नकआउट चरण पूरा, पुस ३ गते फाइनल खेल, उपाधिको लागि को कससँग भिड्दैछन् ?

  • अनलाइन डबली

काठमाडौं । फिफा विश्व कप फुटबलको राउण्ड अफ १६ अर्थात नकआउट चरण पूरा भएको छ । गएराति भएको समूह चरणका अन्तिम ४ खेलसँगै नकआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको छ । फिफाले विभाजन गरेको ८ समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका छन् ।

गएराति  भएको खेलमा समूह ‘एच’ अन्तर्गत दक्षिण कोरियाले पोर्चुगललाई २–१ गोल र उरुग्वेले घानालाई २–० गोलले पराजित गरेका थिए । यस्तै बिहान भएको समूह ‘जी’ अन्तर्गत क्यामरुनले ब्राजिललाई १–० र स्विट्जरल्यान्डले सर्बियालाई ३–२ गोलले हराएका थिए ।

समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता, समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड विजेता र अमेरिका उपविजेता, समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्यान्ड उपविजेता तथा समूह ‘डी’ बाट फ्रान्स विजेता र अस्ट्रेलिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

यस्तै समूह ‘ई’ बाट जापान विजेता र स्पेन उपविजेता, समूह ‘एफ’ बाट मोरक्को विजेता र क्रोएसिया उपविजेता, समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् ।

अब आजदेखि सुरु हुने नकआउट चरणमा नेदरल्यान्ड्स र अमेरिका, अर्जेन्टिना र अस्ट्रेलिया, फ्रान्स र पोल्यान्ड तथा इङ्ग्ल्यान्ड र सेनेगल खेल्नेछन् । यस्तै जापान र क्रोएसिया, मोरक्को र स्पेन, पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ ।

पुस ३ गते हुने फाइनल खेल हुँदैछ । त्यो भन्दा पहिलो अन्तिम १६ खेलबीच सेमिफाइनल र क्वाटर फाइनल हुँनेछन् ।

यस्तो छ खेल तालिकाः मंसिर १७ गते शनिबार – ४९. समूह ‘ए’ को विजेता भर्सेस समूह ‘बी’ को उपविजेता (राति ८:४५ बजे) नेदरल्याण्ड्स विरुद्ध अमेरिका । ५०. समूह ‘सी’ को विजेता भर्सेस समूह ‘डी’ को उपविजेता (राति १२:४५ बजे) अर्जेन्टिना विरुद्ध अष्ट्रेलिया

मंसिर १८ गते आइतबार – ५१. समूह ‘बी’ को विजेता भर्सेस समूह ‘ए’ को उपविजेता (राति १२:४५ बजे) इंग्ल्याण्ड भर्सेस सेनेगल । ५२. समूह ‘डी’ को विजेता भर्सेस समूह ‘सी’ को उपविजेता (राति ८:४५ बजे) फ्रान्स भर्सेस पोल्याण्ड ।

मंसिर १९ गते सोमबार- ५३. समूह ‘ई’ को विजेता भर्सेस समूह ‘एफ’ को उपविजेता (राति ८:४५ बजे) जापान भर्सेस क्रोएसिया । ५४. समूह ‘जी’ को विजेता भर्सेस समूह ‘एच’ को उपविजेता (राति १२:४५ बजे) ब्राजिल भर्सेस दक्षिण कोरिया ।

मंसिर २० गते मंगलबार- ५५. समूह ‘एफ’ को विजेता भर्सेस समूह ‘ई’ को उपविजेता (राति ८:४५ बजे) मोरक्को भर्सेस स्पेन । ५६. समूह ‘एच’ को विजेता भर्सेस समूह ‘जी’ को उपविजेता (राति १२:४५ बजे) पोर्चुगल भर्सेस स्वीटजरल्याण्ड ।

क्वाटरफाइनलः मंसिर २३ गते शुक्रबार- ५७. खेल नम्वर ४९ को विजेता भर्सेस खेल नम्वर ५० को विजेता (राति १२:४५ बजे) । ५८. खेल नम्वर ५३ को विजेता भर्सेस खेल नम्वर ५४ को विजेता (राति ८:४५ बजे) ।

मंसिर २४ गते शनिबार- ५९. खेल नम्वर ५१ को विजेता भर्सेस खेल नम्वर ५२ को विजेता (राति १२:४५ बजे) । ६०. खेल नम्वर ५५ को विजेता भर्सेस खेल नम्वर ५६ को विजेता (राति ८:४५ बजे) ।

सेमिफाइनलः मंसिर २७ गते मंगलबार- ६१. खेल नम्वर ५७ को विजेता भर्सेस खेल नम्वर ५८ को विजेता (राति १२:४५ बजे) । मंसिर २८ गते बुधबार- ६२. खेल नम्वर ५९ को विजेता भर्सेस खेल नम्वर ६० को विजेता (राति १२:४५ बजे) ।

तेस्रो स्थानः पुस २ गते शनिबार- ६३. पहिलो सेमिफाईनल उपविजेता भर्सेस दोस्रो सेमिफाईनल उपविजेता (राति ८:४५ बजे) फाइनलः पुस ३ गते आइतबार- ६४. पहिलो सेमिफाईनल विजेता भर्सेस दोस्रो सेमिफाईनल विजेता (राति ८:४५ बजे)

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal