आज :

विश्वकपः अस्ट्रेलिया नकआउटमा पुग्ने पहिलो एसियाली देश, अर्जेन्टिनाले पोल्याण्डलाई हरायो

  • अनलाइन डबली

काठमाडौं । पोल्याण्डलाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको छ । कतारमा जारी फिफा विश्व कप फुटबलमा अन्तरगत आज विहान भएको खेलमा अर्जेन्टिनाले २-० गोलले हराएको थियो । योसँगै अर्जेन्टिना उपाधिको लागि भेड्ने पक्का भएको छ ।

खेलमा र्जेन्टिनाका लागि एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे । जितसँगै अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्न सफल भएको छ । अर्जेन्टिनासँग हारेको पोल्यान्ड समूहको दोस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको छ ।

समूहको अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले हराए पनि मेक्सिको तेस्रो भयो । समूह ‘सी’ मा मेक्सिको र पोल्यान्डको समान ४/४ अङ्क भए पनि गोलअन्तरमा पोल्यान्ड अगाडि रह्यो ।अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले अब उपाधि जित्नेमा आफू विश्वस्त भएको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले बताएकाे समाचारमा उल्लेख गरेका छन् ।

विश्व कप फुटबलको समूह चरणको अर्को खेलमा साविक विजेता फ्रान्स पराजित भएको छ । फ्रान्सलाई हराए पनि ट्युनिसिया नकआउट चरणमा पुग्न भने सकेन । समूह ‘डी’को अन्तिम खेलमा ट्युनिसियाले फ्रान्सलाई १–० गोलले हराएको हो । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

समूहको अर्को खेलमा अस्ट्रेलियाले डेनमार्कलाई हराएर अन्तिम १६ मा पुगेको छ । अस्ट्रेलिया कतार विश्व कपको नकआउट चरणमा प्रवेप गर्ने पहिलो एसियाली देश समेत बनेको छ ।

बुधबार राति भएको खेलमा डेनमार्कलाई १–० गोल अन्तरले हराउँदै अष्ट्रेलिया अन्तिम १६ मा पुगेको हो । अष्ट्रेलियालाई जित दिलाउन मेथु लेक्यूले निर्णायक गोल गरे । उनले खेलको ६०औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए ।

यसै समूह अन्तर्गत भएको अर्को खेलमा फ्रान्सलाई ट्युनिसियाले फ्रान्सलाई १–० गोल अन्तरले हराएको छ । समूह डी मा फ्रान्स ३ खेलबाट ६ अंक जोडेर अन्तिम १६ मा प्रवेश गर्यो । यता अष्ट्रेलिया ६ अंक जोडेर दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal