आज :

थुप्रै नागरिकको ज्यान गरि शक्तिशाली भूकम्प गयो, देशभर त्रास, सबै स्तब्ध

  • अनलाइन डबली

काठमाडौँ । यस हप्ता इन्डोनेसियाको मुख्य टापु जाभामा गएको भूकम्पबाट मृत्यु हुनेको संख्या ३२१ पुगेको छ । देशको राष्ट्रिय प्रकोप न्यूनीकरण एजेन्सीले उक्त जानकारी दिएको हो ।

एजेन्सीका प्रमुख सुहार्यान्टो भूकम्पका कारण पश्चिमी जाभा सहर सियानजुरमा पहिरो र भवनहरू भत्किएपछि १८ जना बेपत्ता रहेको बताए । भूकम्पले ठूलो भोतिक क्षति भएको छ । भूकम्पपछि आवास तथा संरचनामा क्षति भएको छ ।

सोमबार विश्वको सबैभन्दा ठूलो सक्रिय ज्वालामुखीबाट ३८ वर्षपछि पहिलो पटक लाभा र धुवाँको खरानीहरु निस्कियो । योसँगै अधिकारीहरूले अमेरिकाको हवाई राज्यस्थित बिग टापुमा बस्ने मानिसलाई आउनसक्ने खराब स्थितिको लागि तयार रहन आह्वान गरेको छ ।

मौना लोआको विष्फोटले नजिकको वस्ती तत्काल खतरामा नपर्ने भए पनि अमेरिकाको युएस जियोलोजिकल सर्भेले बिग आइल्याण्डमा लगभग २,००,००० मानिसलाई ‘लाभा प्रवाहको स्थान र प्रभाव तीव्र रूपमा परिवर्तन हुन सक्ने भएकाले’ सतर्क रहन भनेको छ ।

लाभाको बहाव वस्तीतर्फ जाने विषयमा होसियार रहन र त्यस्तो अवस्था उत्पन्न भए तत्कालै सुरक्षित स्थानमा जान तयार रहन भनेका छन् । आइतबार रातिदेखि बिग आइल्याण्डस्थित शिखरमा रहेको खाडलमा विष्फोट सुरु भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । सोमबार विहानसम्म लाभा प्रवाहले नजिकका वस्तीलाई खतरा नपु-याएको सर्वेक्षणले बताएको छ ।

‘हवाईयन ज्वालामुखी अब्जर्भेटरी’का वैज्ञानिक प्रमुख केन होनले विष्फोट भईन्जेल वरपरको क्षेत्रको वायुको गुणस्तर बिग्रन सक्ने बताएका छन् । यस पटकका विस्फोटले पनि अघिल्ला ज्वालामुखीले ढाँचा पछ्याएमा वैज्ञानिकहरूले विस्फोट आगामी एक–दुई हप्तासम्म रहने बताएका छन् ।

१.६ किमीदेखि ३.२ किमी लामो तीन अलग–अलग जमिनका चिरा(फिसर)हरुबाट ३० देखि ६० मिटरमाथिसम्म लाभाहरु उडिरहेकाले त्यस क्षेत्र कसैलाई नजान अधिकारीहरूले जनतालाई आग्रह गरेका छन् ।

तातो लाभाको अतिरिक्त ज्वालामुखीबाट निस्कने सल्फर डाइअक्साइडजस्ता ग्यास पनि हानिकारक हुन्छन् । यूएसजीएसले प्रभावित क्षेत्रबाट मानिसलाई उद्दार गरेर आश्रय दिनको लागि दक्षिण कोना तटमा कैलुवा–कोना र पहलामा शिविर खोलेको बताएको छ ।

युएसजीएसले विष्फोट पहाडको चट्टान फुटेको र अपेक्षाकृत कमजोर रहेको उत्तर–पूर्वी भागमा सरेको बताएको छ । पछिल्लो समय सन् १९८४ मा विष्फोट भएको ज्वालामुखीको शिखरमा केही समयदेखि भूकम्पीय हलचल बढेसँगै वैज्ञानिकहरू विस्फोट हुनसक्ने डरमा थिए ।

होनोलुलुको राष्ट्रिय मौसम सेवा अनुसार बिग आइल्याण्डका केही भागमा खरानी झर्ने जोखिम रहेकोले सतर्क रहन आग्रह गरेको छ । ती भेगमा झरेका खरानीले सतहमा ०.६ सेन्टिमिटरसम्म पत्र जम्मा हुन सक्ने तिनले बताएको छ ।

‘ज्वालामुखीबाट निस्कने ग्यास र सम्भवत सिसा मिश्रित खरानीहरु श्वासप्रश्वासको समस्या भएकाहरुलाई खतरनाक हुने भएकाले उनीहरु सावधान हुनुपर्छ ,’ हवाई राज्यका गभर्नर डेभिड इगेले भने ।

मौना लोआ ती पाँचवटा ज्वालामुखी मध्ये एक हो जुन मिलेर हवाईको बिग टापु बनेको छ । यो हवाई द्वीपसमूहको सबैभन्दा दक्षिणी टापु हो । समुद्री सतहबाट ४,१६९ मिटर उचाइमा रहेको मौना लोआ सन् १९५० मा विस्फोट हुदाँ, लाभा तीन घण्टाभित्र २४ किलोमिटर टाढा समुद्र पुगेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal