आज :

बालेनलाई झट्का, डोजर आतंकविरूद्ध महानगर कार्यालय सुकुम्बासीको घेराबन्दीमा

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारका सुकुम्बासीले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्।

अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहकमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि स्थानीय आक्रोशित भएका हुन्।

आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरमा पुगेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले बालेन शाह राजीनामा दे , उचित विकल्पसहित ब्यवस्थापन गर, बसोबासका आधारमा लालपूर्जा दे जस्ता नारा लगाएका थिए।

उनीहरुले सुकुम्बासीको उचित व्यवस्थापन गर्न माग गरेका छन्। सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएपछि अवस्था तनावग्रस्त बनेको थियाे।

दुई पक्षबीच झडप हुँदा महानगरका नगर प्रहरीप्रमुखसहित दर्जनबढी बढी घाइते भएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal