आज :

आजबाट कोरोना बीमा दाबी भुक्तानी, क कसले पाउँदैछन् ? 

  • अनलाइन डबली

काठमाडौं । आजबाट कोरोना बीमाको दाबी भुक्तानी हुने भएको छ । नेपाल बीमक संघका अध्यक्ष चंक क्षेत्रीका अनुसार नेपाल बीमा प्राधिकरण र नेपाल बीमक संघले आफ्नो दायित्व बराबरको रकम आजबाट वितरण गर्ने लागिएको हो । उनका अनुसार नेपाल सरकार, नेपाल बीमा प्राधिकरण र निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब २७ करोड २७ लाख रपैयाँ दाबी भुक्तानीको लागि बिमा पुलमा जम्मा गरेर राखिएको छ।

सरकारको दायित्व बराबरको रकम निकासा नहुँदा लामो समयदेखि दाबी भुक्तानी रोकिएको थियो। आर्थिक मन्दी र चुनावका कारण सरकारले रकम निकासा गरेको थिएन। पछिल्लो पटक सरकारले तिर्नु पर्ने दायित्व बराबरको रकममध्येबाट ४५ प्रतिशत बीमा प्राधिकरण मातहत अर्थात निर्जीवन बिमा कम्पनी र निर्जिवन बिमा कम्पनीले तिर्ने गरी प्राधिकरणले अर्थमन्त्रालय समक्ष प्रस्ताव गरेको थियो । सरकारले एकैपटक सबै रकम निकासा गर्न नसकिने बताउँदै १ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।

अर्थमन्त्रालयले दिएको १ अर्ब रूपैयाँलाई ५५ प्रतिशत मान्दा हुन आउने रकममा सत प्रतिशत हुन आउने गरी दायित्व निर्जीबन, नेपाल पुनर्बीमा कम्पनी र प्राधिकरणको दायित्वमा पारेको थियो। उक्त १ अर्बको ८ प्रतिशतले हुन आउने १४ करोड ५४ लाख रूपैयाँ प्राधिकरणले उपलब्ध गराइसकेको छ। निर्जीवन बीमा कम्पनीहरूले २५ प्रतिशत (४५ करोड ४५ लाख) रूपैयाँ दिने तयारीमा छन्।

नेपाल पुनर्बीमा कम्पनीले अतिरिक्त अर्थात प्राधिकरणको मोडालिटि अनुसार दिनुपर्ने १२ प्रतिशतले हुन आउने २१ करोड ८१ लाख रुपैयाँ दिन नसकिने जनाएको छ । आफ्नो भागको दायित्व बाँकि नरहेकोले थप रकम दिन नसक्ने पुनर्बीमा कम्पनीले जनाएको हो । त्यो बाहेकको रकमबाट आजबाट दाबी भुक्तानी सुरु हुने भएको हो।

नेपाल पुनर्बीमाले भुक्तानी गर्नु पर्ने रकम आए पछि पुनः वितरण कार्य आरम्भ गरिने संघले जनाएको छ। दर्ता मितिका आधारमा दाबी भुक्तानी गर्ने तयारी भइरहेको छ । बाँकी भुक्तानीमा जसले पहिले दर्ता गराएको हो त्याे आधारमा भुक्तानी दिँदै जाने र बाँकी रहनेलाई अर्को चरणमा भुक्तानी दिने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal