आज :

प्रहरी र माओवादीबीच अचानक भिडन्त, ४ जनाको मृत्यु, थप विवरणसहित

  • अनलाइन डबली

भारत । बिजापुरको वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको झडपमा चार जना माओवादी मारिएका छन् ।

पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजले कारबाही गर्दा दुई महिलासहित चार जना मारिएका मिरटुर प्रहरी कार्यालयले जनाएको छ ।

सुरक्षा फौजले कारबाही गरेको स्थानबाट हातहतियार बरामद गरिएका तथा खोजबिन जारी रहेको एक जना वरिष्ठ सुरक्षा अधिकारीले बताएका छन् ।

केही महिनाअघि माओवादीले बिजापुर प्रहरी कार्यालयमा हमला गरेर चार जना प्रहरीलाई घाइते बनाएका थिए । बिजापुर क्षेत्रमा नक्सलवादी सक्रिय रहेका भन्दै राज्य सरकारले त्यहाँ सुरक्षा सतर्कता बढाएको छ ।

यस्तै शुक्रबार पञ्जाबको अमृतसर क्षेत्रमा भारत–पाकिस्तान सीमामा रहेको डोके गाउँमा भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का जवानहरूले एक ड्रोनलाई गोली हानेर खसालेका छन् । बीएसएफको दाबी छ, उक्त ड्रोन पाकिस्तानबाट भारतमा प्रवेश गरेको हो ।

बीएसएफका अनुसार भारत–पाकिस्तान सीमामा एक संदिग्ध ड्रोन उडेको आवाज सुनिएको थियो जसलाई बीएसएफका जवानहरूले गोली हानेर खसालेका थिए । घटनापछि पुरै क्षेत्रलाई घेराबन्दी गरेर प्रहरी र सम्बन्धित एजेन्सीलाई यसबारे जानकारी दिइएको थियो ।

समाचार एजेन्सी एएनआईका अनुसार बीएसएफका जवानले ड्रोनमा लागू औषधको दुई प्याकेट बरामद गरिएको थियो । त्यसको तौल २.५ किलोग्राम रहेको थियो ।

उता उत्तरी नाइजेरियामा भएको बन्दुक आक्रमणमा १५ को मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।

कादुना राज्यका चारवटा गाउँमा अज्ञात बन्दुकधारीले घातक हमला गरी सो आक्रमण गरेको राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् ।

बन्दुकधारीले पैसा सङ्कलन गर्नका लागि गाउँमा आक्रमण गरेको तर गाउँलेको प्रतिरोधको गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal