आज :

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एकाएक उल्टाए अग्रता, कति मतले पछि परे जगदीश ?

  • अनलाइन डबली

सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा सञ्चार मन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता उल्टाएका छन्। पछिल्लो मत परिणाम अनुसार कार्की ७० मतले अघि देखिएका छन्।

कार्कीले १० हजार ७ सय ९० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले १० हजार ७२० मत प्राप्त गरेका छन्।

यी दुई प्रतिस्पर्धीबीच सुरूआतदेखि नै कडा टक्कर देखिएको छ। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा कांग्रेसबाट कार्की नै विजयी भएका थिए।

यस्तै मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले अग्रता बढाएका छन्।

सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार सिंहले २५ हजार ६५ मत ल्याउँदा सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डीनाले २४ हजार ३३० मत ल्याएकी छन्।

यस्तै एमालेको चुनाव चिन्ह लिएका कमल थापाले २३ हजार ७ सय १४ मत ल्याएर पछ्याइरहेका छन्। हालसम्म ८४ हजार ५ सय ६८ मत गणना भएको छ।

उता रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार उनले १५,५६७ मत पाएका छन्।

यस्तै, उनका मुख्य प्रतिस्पर्धीका रूपमा राष्ट्रिय स्‍वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल छन्। अहिले उनको मत १४ हजार ७३० छ।उनीहरूबीच ८३७ मतको अन्तर छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal