आज :

अन्तत : रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरले विजयी, कति भोटले हारे कांग्रेस र एमाले ?

  • अनलाइन डबली

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका छन् ।

लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा सत्ता गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १५ हजार ९९ मत ल्याए । नेकपा एमालेका कृष्णभक्त श्रेष्ठ १४ हजार ६४९ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ स्थानमा विजय हासिल गरेको छ भने ३ स्थानमा अग्रता कायम राखेको छ । यता आइतबार सम्पन्न आम निर्वाचनमा प्रमुख ४ पार्टीका ४ महासचिव/महामन्त्री चुनावी मैदानमा उत्रिए ।

चुनावी मैदानमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा दुवै जना खडा भए भने उनीहरू दुबैले सानदार जित दर्ता गराए । तर एमाले र माओवादी केन्द्रका दुई शक्तिशाली महासचिव पराजित हुन पुगे ।

एमालेका महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल दाङ २ बाट पराजित बने भने माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित भए ।

यस्तै राप्रपाका महामन्त्रीद्वय धवल शमशेर राणा र कुन्ती शाही पनि चुनावी मैदानमा खडा भए । धवल निर्वाचित भएपनि कुन्ती भने पराजित भइन् ।

निर्वाचन आयोगका अनुसार झापा १ बाट कांग्रेसका शर्माले ३९ हजार ६२४ मतका साथ विजय हासिल गरे । उनले एमालेका अग्नि खरेललाई पराजित गरेका हुन् । अग्निले २५ हजार ३४९ मत प्राप्त गर्न सके ।

यसैगरी काठमाडौं ४ मा कांग्रेस महामन्त्री गगन थापाले एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरे । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा राजनले १३ हजार ८५५ मत पाए । यसैगरी दाङ २ मा एमाले महासचिव शंकर पोखरेललाई सत्ता गठबन्धन भारी बन्यो ।

उनलाई झिनो मनान्तरमा माओवादीकी रेखाले हराइन् । पोखरेललाई एमालेको भावी नेतृत्वका रुपमा हेरिने गरिन्छ भने उनी अध्यक्ष केपी ओलीका विश्वासपात्रका रुपमा चिनिन्छन् । शंकरले २६ हजार ६८१ र रेखाले २६ हजार ८७७ मत प्राप्त गरे ।

यस्तै लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी हुँदा माओवादी केन्द्रका महासचिव देव गुरुङ पराजित बन्न पुगे । पृथ्वीसुब्बाले २७ हजार ६ मत प्राप्त गर्दा पराजित गुरुङले २४ हजार ७०८ मत पाए ।

गुरुङ केही अघि मात्रै माओवादीको अध्यक्षपछिको शक्तिशाली मानिने पद महासचिव बनेका थिए । गुरुङ राष्ट्रियताको सवाल निरन्तर उठाउने नेताको रुपमा पनि परिचित छन् । यसैगरी बाँके २ मा राप्रपाका महामन्त्री धवल शमशेर राणा सानदार मतका साथ विजयी बने ।

उनले २९ हजार ५७७ मतका साथ विजय हासिल गर्दा निकटतम् प्रतिद्वन्द्वी जसपाका ईश्तियाक राईले २३ हजार ५२० मत पाए । राप्रपाकी अर्की निर्वाचित महामन्त्री कुन्ती शाही कमजोर मत पाएर पराजित बनिन् ।

दैलेख २ मा उनले मात्र ४ हजार ४३४ मत पाएर तेस्रो बनिन् । सो क्षेत्रमा नेकपा एकीकृत समाजवादी पार्टीका अमरबहादुर थापा विजयी भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal