आज :

देशै हल्लाउने गरि फेरी गयो ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ३५ जना घाइते, कहाँ हो केन्द्रविन्दु ?

  • अनलाइन डबली

काठमाडौँ । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३० माइल) पूर्वमा रहेको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको धक्का इस्तानबुल र राजधानी अंकारामा महसुस गरिएको थियो । भूकम्पमा कम्तीमा ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

भूकम्पको गहिराइ २ देखि १० किलोमिटर रहेको अनुमान गरिएको छ । पहिलो भूकम्प गएको २० मिनेटपछि दोस्रो भूकम्प गएको थियो ।भूकम्पले घर भत्किएपछि कतिपय मानिसहरू झ्यालबाट हाम फालेर सडकमा पुगेका थिए ।

टर्कीको प्रकोप एजेन्सीले ३२ जना डुज्सेमा, एक जना इस्तानबुलमा, एक जना ब्ल्याक सीको तटमा रहेको जोङ्गुलडाकमा र एक जना दक्षिणपूर्वमा बोलुमा घाइते भएको जनाएको छ ।

यसैबीच ब्राजिलमा आम निर्वाचन सम्पन्न भएको केही सातापछि फेरि एकपटक राजनीतिक अनिश्चितताको अवधि सुरु हुँदै गरेको देखिएको छ ।

ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले हालैको चुनावी नतिजालाई चुनौती दिएका छन् । उनले तीन लाख भोटिङ मेसिनमा हालिएका मतलाई अवैध ठहर गर्नुपर्ने बताएका छन् ।

तर, उनले निर्वाचनमा धाँधली भएको कुनै प्रमाण भने पेश गरेका छैनन् । यस चुनावमा उनका प्रतिद्वन्द्वी तथा ब्राजिलका पूर्व राष्ट्रपति लुला दा सिल्भा विजयी भएका छन् ।

लुला दा सिल्भाले ५०.९ प्रतिशत मत प्राप्त गरे । लुलाको यो जित स्तब्ध थियो किनभने अन्तिम क्षणसम्म यी दुईबीच घनिष्ट टक्कर थियो । यस चुनावमा बोल्सोनारोले ४९.१ प्रतिशत मत पाएका छन् ।

चुनावी नतिजा आएपछि, ब्राजिलका विभिन्न प्रान्त र प्रमुख सडक मार्गमा बोलसोनारो समर्थकको तर्फबाट चक्का जामका साथै हिंसा र आगजनीको खबर र तस्बिर सार्वजनिक भएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal