आज :

झलनाथ खनालको निर्वाचन क्षेत्रमा १० घन्टादेखि मतगणना ठप्प, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम १ मा मंगलबार राति १ बजेदेखि मतगणना स्थगित भएको छ।

नेपाली कांग्रेसका प्रतिनिधिहरूको अहसमतिका कारण मतगनणना अवरूद्ध भएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए।

‘सर्वदलीय सहमति अनुसार नै मतपेटिका गणना भइरहेको थियो। उहाँहरूले पछि निर्वाचन आयोगले दिएको मुचुल्कासँग मतपेटिकाको क्रम संख्याको सवालमा विवाद गरेपछि मतगणना स्थगित भएको हो। अहिले १ बजे बैठक बोलाएका छौं,’ दाहालले भने।

दिउँसो १ बजेबाट मतगणना सुरू गर्न पहल भइरहेको उनले बताए। हालसम्मको परिणामअनुसार एमालेका महेश बस्नेतले त्यहाँ अग्रता लिएका छन्।

यस्तै बस्नेतले १०२८७ मत ल्याउँदा एकीकृत समाजवादीका नेता खनालले ८ हजार ७ सय ८० मत ल्याएका छन्। मोरङ-१ मा एमाले उम्मेदवार घनश्याम खतिवडाले अग्रता कायमै राखेका छन्।

हालसम्मको मत परिणाम अनुसार एमालेका खतिवडा ७०२९ मतसहित अग्रता कायम राख्न सफल हुँदा कांग्रेस उम्मेदवार डिगबहादुर लिम्बू ६४५८ मतसहित दोस्रोमा छन्।

मतगणना जारी रहेको मोरङ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबहादुर श्रेष्ठ ३२३३ मतसहित तेस्रोमा छन् भने राप्रपाका होमनाथ गौतमले २००७ मत पाएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal