आज :

सबैलाई चकित पार्दै ललितपुर- ३ मा तोसिमाले कटाइन् १० हजार मत, सूर्य र पम्फा भुसालको अवस्था केछ ?

  • अनलाइन डबली

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले १० हजार मत कटाएकी छन् ।

ताजा अवस्थामा उनले १० हजार ८३२ मत प्राप्त गरेकी छन् भने एमालेका सूर्य खड्काले ६४८७ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ४२५४ मत प्राप्त गरेकी छन् ।

यता काठमाडौं– १० मा मतगणना सुरु भएदेखि अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार राजन केसी आफ्ना प्रतिस्पर्धीभन्दा करिब १९०० मतले अगाडि छन् ।

तर आफ्नो जितप्रति उनी अझै ढुक्क हुन सकेका छैनन् । नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीसँगै राप्रपा र माओवादी केन्द्रका उम्मेदवारले मत काट्न सक्ने हुनाले कांग्रेस दबावमा छ ।

सत्ता साझेदार दलहरुले देशव्यापी गठबधन गर्दा यो क्षेत्रमा कांग्रेससँगै माओवादी केन्द्रले छुट्टै उम्मेदवारी दिएको छ । केन्द्रमा भएको सहमतिअनुसार प्रदेशसभामा उम्मेदवार नछाडेको भन्दै माओवादीकी अञ्जना विशंखे छुट्टै उम्मेदवारी दिएकी छन् ।

यद्यपि एकीकृत समाजवादीको समर्थन कांग्रेसलाई छ । एमालेका हिमेश केसी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

काठमाडौं–१० मा कीर्तिपुरसँगै चन्द्रागिरी र दक्षिणकाली नगरपालिका पर्छ । आइतबार भएको मतदानमा ५३ हजार ६४५ मत खसेको थियो, जसमध्ये कीर्तिपुरको करिव २० हजार मत गणना गरिसक्दा कांग्रेसका राजन केसीले ६ हजार ६ मतसहित अग्रता बनाएका छन् ।

उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका विष्टले ४ हजार १३१ मतसहित पछ्याइरहेका छन् । एमालेका हिमेश केसीले ३ हजार ६०२, माओवादीकी उम्मेदवार विशंङ्खेले २ हजार २०४ र राप्रपाका बलराम थापाले १७१८ मत पाएका छन् । यो मतप्रति कांग्रेस नेताहरु सन्तुष्ट छैनन् ।

उनीहरुका अनुसार कीर्तिपुर क्षेत्रबाट राजनले झण्डै ३ हजारको अग्रता बनाउने अपेक्षा थियो । किनकी गत वैशाखमा भएको स्थानीय निर्वाचनमा कांग्रेसले कीर्तिपुर नगरमा ऐतिहासिक जित हात पारेको थियो । तर रास्वपाका विष्टले यो क्षेत्रबाट राम्रै मत पाएका छन् ।

यो क्षेत्रमा अहिले दक्षिणकाली नगरपालिकाको गणना सुरु भएको छ भने त्यसपछि चन्द्रगिरीको हुनेछ । दुबै नगरपालिकाको प्रमुखमा अघिल्लो पटक र यो पटक कांग्रेसले नै जितेको थियो । तर राजनको अग्रता कायम रहनेमा कांग्रेस नेताहरु ढुक्क हुन सकेका छैनन् ।

मतगणना स्थलमा भेटिएका कांग्रेसका एक प्रतिनिधिका अनुसार त्यसको एउटा कारण हो, दक्षिणकाली क्षेत्रमा राप्रपा उम्मेदवारको प्रभाव । लामो समय कांग्रेसमा रहेका थापा यो पटक राप्रपाबाट उम्मेदवार बनेका छन् । दक्षिणकाली नगरपालिका फर्पिङका उनले आफ्नो क्षेत्रबाट जति मत पाउँछन्, त्यो धेरै हदसम्म राजनकै काटिने मतमा पर्छ ।

चन्द्रागिरी नगरपालिकामा भने माओवादी उम्मेदवार विशंखेले मत काट्नसक्ने कांग्रेस नेताहरुका आंकलन छ । यो उनको आफ्नै घर भएको क्षेत्र हो ।

यही बेला आफूले कांग्रेस उम्मेदवार राजनलाई उछिन्ने रास्वपाका उम्मेदवार विष्टको दाबी छ । कीर्तिपुरमा आफूलाई कम मत आएको भएपनि राजनले पनि २०७० मा प्रचण्ड र ७४ मा हितमान शाक्यलाई हराउँदा जस्तो अग्रता लिन नसकेको भन्दै उनले सुनाए । चन्द्रागिरीले क्षतिपूर्तिसहित आफूलाई अग्रता दिलाउने बताए ।

मतदानस्थलमै भेटिएका कांग्रेस उमेदवार केसी भने आफ्नो जित निश्चित भएको दाबी गर्छन् । अहिलेको अग्रता बढ्दै जाने र आफूले जित्ने उनको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal