आज :

साउदीले अर्जेन्टिनाविरुद्ध गोल फर्कायाे, अर्जेन्टिनाले पहिलो हाफमा सातवटा अफसाइड गर्यो

  • अनलाइन डबली

काठमाडौं । साउदी अरेबियाले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ । समूह सी अन्तरगतको खेलमा लियोनेल खेलको १० औँ मिनेटमा गोल गर्दै ​अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा लियोनेल मेस्सीले खेलको १० औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको सुरुवातमा नै साउदी अरेबियाको लागि सालेह अलसेहरीले गोल गरेरे बराबरी बनाएका छन् । खेलको ४८ औँ मिनेटमा सालेह गोल गरेका थिए ।

अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध पहिलो हाफमा नै सात वटा अफसाइड गरेको छ । कुनै पनि विश्वकपको खेलको पहिलो हाफमा भएको दोस्रो सर्वाधिक अफसाइड हो ।

यसअघि स्पेन र रिपब्लिक अफ आरल्याण्डबीच भएको सन् २००२ को विश्वकपको खेलमा ९ वटा असफसाइड भएका थिए । सन् २०१८ को पुरै प्रतियोगितामा अर्जेन्टिनाको मात्र ६ वटा अफसाइड भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal