आज :

निर्णायक खेलमा सहज जित निकाल्दै नेपालले जित्यो यूएईविरुद्धको एकदिवसीय सिरिज

  • अनलाइन डबली

काठमाडौँ । नेपालले युएईविरूद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्णायक तथा तेस्रो कदिवसीय खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो।

यसअघि नेपालले पहिलो खेल ८४ रनले गुमाउँदा दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो। शुक्रबार युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि आसिफ शेखले सर्वाधिक रन जोडे। उनले नटआउट ८८ रन जोडे। उनले ११९ बल खेल्दै १२ चौका हिर्काए। त्यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गरेका थिए। उनले ६४ रनको योगदान गरे।

ओपनर अर्जुन साउद ९ रनमा आउट भए। कप्तान रोहितकुमार पौडेल १० रन र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। दुवै जना रनआउटको सिकार बने।

टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको युएई ५० ओभरमा ९ विकेटको क्षतिमा १७६ रन जोड्यो।

३२ ओभर चल्दै गर्दा ९३ रन बनाउँदा ९ विकेट गुमाएको युएईका लगि आयन खानले नटआउट ५४ रन जोडे भने हजरत विलालले २० रन जोडे। दुईबीच दशौं विकेटका लागि १७.५ बलमा नटआउट ८३ रनको साझेदारी भयो।

बलिङमा नेपालका गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिए। सोमपाल कामी र ललितनारायण राजवंशीले १-१ विकेट लिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal