आज :

व्यस्त बजारमा अचानक गोली चल्यो, ५ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । इरानको दक्षिण पश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गो’ली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।

दुई मोटरसाइकलमा सवार सशस्त्र र आतं’ककारी तत्वहरू इजेह सहरको केन्द्रीय बजारमा पुगेर प्रदर्शनकारी र सुरक्षा बलहरूमाथि गो’ली चलाउँदा पाँच जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका इरानी समाचार निकाय इरनाले जनाएको छ ।

अक्टोबर २६ मा सिराजको शाह चेराघ समाधिस्थलमा भएको सशस्त्र आक्रमणमा कम्तिमा १३ जनाको मृत्यु भएको थियो । आक्रमणको जिम्मा इस्लामिक स्टेट समूहले लिएको थियो ।

नैतिकतासम्बन्धि प्रहरीले हिरासतमा लिएकी एक युवतीको मृत्युपछि इरानमा भड्किएको हिं’सामा दर्जनौँको मृत्यु भएको छ । उक्त आक्र’मणको तत्काल जिम्मेवारी लिएको छैन ।

यस्तै उता युक्रेनको लामो दूरीको तोपखाना हमलामा करिब ५० रूसी सैनिकहरू मारिएका छन् । एउटै घटनामा यति ठुलो हताहत भएको यो दुर्लभ घटना भएको पनि युक्रेनी सेनाले दाबी गरेको छ ।

मंगलबार युक्रेनी सेनाले पूर्वी प्रान्त लुहान्स्कबाट ७० किलोमिटर टढा रहेको डेनेज्निकोभ गाउँमा गोलाबारी गर्दा रुसले ठूलो क्षति बेहोर्नुपरेको एक सशस्त्र सेनाका जनरल स्टाफले फेसबुक पोस्टमा बताएका छन् । यसबारे रुसी रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिकाले युक्रेनलाई ८० किलोमिटर टाढासम्म लक्ष्य प्रहार गर्न सक्ने उन्नत रकेट प्रणाली उपलब्ध गराएको छ। पछिल्ला दिनमा रुसमा युक्रेनी सेनाले ठुलो क्षति सामना गरेको छ । १० दिनअघिमात्र रुसी सेना खेरसनबाट हटेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal