आज :

फेरी गयो ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कहाँ हो केन्द्रबिन्दु, केछ अवस्था ?

  • अनलाइन डबली

काठमाडौँ । नेपालमा दिनदिनै भूकम्पले तर्साइरहेक बेला इन्डोनेसियाको सुमात्रा टापुको दक्षिण पश्चिममा आज ६ म्याग्निच्युडको शतिशाली भूकम्प गएको छ ।

युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी) ले जनाएको अनुसार भूकम्पको गहिराइ १० किलोमिटर (६.२ माइल) रहेको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ ।

यसैबीच क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले इन्डोनेसियामा जारी जी २० बैठकको साईडलाईनमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको संक्षिप्त वार्तामा क्यानाडामा बढ्दो चिनियाँ हस्तक्षेपको कुरा उठाएको बताएका छन् ।

प्रधानमन्त्रीको कार्यालयले मंगलबार जारी गरेको दुई नेताको भेटको संक्षिप्त प्रेस रिलिजमा उत्तर कोरिया र युक्रेनमा रुसको आक्रमणको बारेमा पनि छलफल भएको उल्लेख छ ।

सोही भेटमा ट्रुडोले ‘क्यानाडामा हस्तक्षेप गतिविधिहरूको बारेमा हाम्रो गम्भीर चिन्ता पनि उठाएको’ बताइएको छ । गत हप्ता, क्यानेडेली मिडिया ‘ग्लोबल न्यूज’ले क्यानडामा चीनको हस्तक्षेप बढको समाचार प्रकाशित गरेको थियो ।

सो रिपोर्ट अनुसार क्यानेडेली गुप्तचर निकायले चीनले ‘क्यानडालाई वृहत्तर विदेशी हस्तक्षेपको अभियान अन्तरगत लक्षित गरेको’ प्रधानमन्त्री ट्रुडोलाई जानकारी गराएको थियो ।

रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) ले सोमबार क्युबेक प्रान्तमा ३५ वर्षीय युयसेङ वाङलाई चिनियाँ सरकारलाई फाइदा पुग्ने ‘व्यापार सूचना’ हात परेको आरोपमा पक्राउ गरेको थियो । चीन–क्यानाडा सम्बन्ध केही वर्षदेखि तनावपूर्ण बन्दै गएको छ ।

विशेषत क्यानेडेली अधिकारीहरूले हुवावे टेक्नोलोजीका कार्यकारी मेङ वान्झोउलाई सन् २०१८ पक्राउ गरेपछि सम्बन्धमा चिसोपन आउन थालेको हो । मेङलाई पक्राउ गरेपछि चीनले जवाफमा दुई क्यानेडियनलाई जासुसी गरेको आरोपमा पक्राउ गरेको थियो ।

गत वर्ष तीनै जनालाई रिहा गरेपछि गतिरोध अन्त्य भए पनि मानवअधिकार र व्यापार लगायतका विवादका धेरै बिन्दुका कारण सम्बन्ध अझै चिसिएकै छ ।

यसबीच, क्यानडाकी विदेशमन्त्री मेलानी जोलीले मंगलबार आफ्ना चिनियाँ समकक्षीसँग भेट गरी क्यानडाको आन्तरिक मामिलामा हस्तक्षेप भएको रिपोर्टप्रति चिन्ता व्यक्त गरेकी छन् ।

‘मैले यो धेरै पटक भनेको छु । मैले मेरा समकक्षलाई पुन यो भने की हामी हाम्रो चुनावमा विदेशी सरकारहरूको कुनै प्रकारको हस्तक्षेप स्वीकार गर्दैनौं । हामी क्यानाडामा कुनै प्रकारको विदेशी हस्तक्षेप सहने छैनौं ,’ जोलीले जी २० मा पत्रकारसँग भनिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal