आज :

बेङ्लोरमा आयोजना गरिने वल्र्ड च्याम्पीयनसिप योग स्पोर्टका लागि नेपाली खेलाडी चयन सुरू

  • अनलाइन डबली

काठमाडौँ । डिसेम्बर २०२२, १,२,३ मा भारतको बेङ्लोरमा आयोजना गरिने वल्र्ड च्याम्पीयनसिप योग स्पोर्टका लागि नेपाली खेलाडी चयन सुरू भएको छ ।
खेलाडी छनौटका लागि शुक्रवारदेखि चौथो राष्ट्रिय योग खेलकुद प्रतियोगिता काठमाडौँको कागेश्वरी मनहारा नगरपालिकास्थित शिवचोकमा सुरू भएको हो ।
राष्ट्रिय योग खेलकु्द सङ्घद्वारा आयोजित यस प्रतियोगितामा देश भरका २०६ जना प्रतियोगीहरु विभिन्न ५ प्रकारको उमेरहद १० ११बर्ष मुनी को २० १२ (१४ बर्ष को ३० १५(१७ बर्ष ४० १८ (३५ र ५० ३५ देखि माथी को गरि यसमा सहभागी भएका थिए । जसमध्ये ९ बर्ष देखि ७५ बर्ष सम्म का प्रतिस्पर्धिहरु सहभागी भएको थियो । पुरुष तर्फ ७६ जना र महिला तर्फ १३० जना थिए । नेपाल राष्ट्रिय योग खेलकुद च्याम्पियन (२०७९ को नेपाल मिस्टर योगि जित्न सफल भए बुद्ध गुरुङ ले र नेपाल मिस योगिनी जितिन बिसिका ढकाल ले भने उक्त ५ वटै लेबलमा महिला र पुरुष गरि प्रथम ,दोस्रो र तेस्रो पनि छानिएका थिए।
यस प्रतियोगितामा उत्कृष्ट वा विजेता खेलाडीहरू भारतको बैङ्लोरमा आयोजना हुने वल्र्ड च्याम्पीयनसिप योग स्पोर्टमा सहभागिताका लागि पठाइने आयोजक संस्थाका अध्यक्ष प्रा.डा. सुर्यबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
योग खेलाडी डा.सङ्ग्राम पुरीले योगलाई खेलकुदसँग जोड्ने, आपसी सद्भाव बढाउने लक्ष्य रहेको बताउनुभयो ।
साथै योगलाई आध्यात्मिक, योग उपचार थेरापी, ध्यान योग र खेलकुद योग गरी चारै प्रकारका विस्तृत व्याख्यासहित बुझाउँदै योग खेललाई विश्वब्यापि रुपमा अगाडि बढाईने अभियानको लक्ष्य रहेको योग गुरु पुरीको भनाई छ ।
स्वीजरल्याण्डको जुरिचमा केन्द्रीय कार्यालय खोलेर योग खेललाई विश्वव्यापी बनाईएको यस खेलमा तीनदेखि सात जनासम्म निर्णायक रहने योग खेलकुदमा एकजना टाइम रेफ्री रहनेछ । यस अघि वि.स २०७४,वि.स. २०७५ र वि.स. २०७८ मा पनि उक्त प्रतियोगिताको आयोजना सम्पन्न भइसकेको छ ।
हालसम्म उक्त खेलकुद प्रतियोगिताहरू करिब १५ लाख रूपियाँ भन्दा पनि कम रमकभित्रै सम्पन्न हुने गरेको कोषाध्यक्ष स्वामी केदारमान भण्डारीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal