आज :

पोल्याण्डमा ‘रुसी क्षेप्यास्त्र’ खसेपछि जी–सेभेन राष्ट्र प्रमुखहरूको आपत्कालीन बैठक, विश्वभर तरंग, रुसले के भन्यो ?

  • अनलाइन डबली

काठमाडौँ । इन्डोनेसियामा जारी जी२० बैठकको आज अन्तिम दिन हो। आजको बैठकमा जी–सेभेन देशका नेताहरुले पोल्याण्डमा खसेको कथित रुसी मिसाइलबारे छलफल गरेका छन् ।

अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका नेताहरूको उपस्थिति रहेको उक्त कुराकानीको तस्बिर सार्वजनिक भएको छ । उनीहरूबाहेक युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेल र युरोपियन युनियनका आयुक्त पनि यस बैठकमा सहभागी थिए ।

पोल्याण्डमा रुसी क्षेप्यास्त्र खसेको परिणाम गम्भीर हुन सक्छ। पोल्याण्ड नेटो सैन्य गठबन्धनको सदस्य हो र यस घटनालाई नेटोमाथि आक्रमण मान्न सकिने बताइएको छ ।

नेटोको सदस्य हुनु भनेको कुनै सदस्य राष्ट्रमा सशस्त्र आक्रमण भएमा अन्य सदस्य राष्ट्रले सहयोग गर्न अगाडि आउने र आक्रमण भएको वा भइरहेका देशमा नेटोको सेना पठाउन सक्छ । यदि उक्त मिसाइल रुसी भएको पुष्टि भयो भने यसले (सैद्धान्तिक रूपमा) द्वन्द्व बढाउने जोखिम रहन्छ ।

बीबीसी संवाददाता क्रिस मेसनका अनुसार पोल्याण्डमा भएको घटनापछि जी–२० का सबै देशका योजनाहरू फेल भएको देखिन्छ । पश्चिमी देशका नेताहरू आफ्ना रक्षा र परराष्ट्रमन्त्रीहरूसँग कुराकानी गर्न र पोल्याण्डलाई पनि फोन गर्न व्यस्त छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री ऋषि सुनक पोल्याण्डसँग सम्पर्कमा छन् । जो बाइडेनले नेटो प्रमुख जेन्स स्टोल्टनबर्गसँग पनि वार्ता गरेका छन्।

पोल्याण्डको विदेश मन्त्रालयले मंगलबार दिउँसो ३ः४० मिनेटमा आफ्नो भूमिमा ‘रुसी क्षेप्यास्त्र’ खसेको बताएको थियो, जसका कारण सेरेवोडो गाउँमा दुई जनाको मृत्यु भएको थियो । पोल्याण्डले क्षेप्यास्त्र कसले प्रक्षेपण गर्‍यो भन्ने बारे कुनै “निर्णायक प्रमाण” नभएको बताएको छ।

पोल्याण्डको विदेश मन्त्रालयका प्रवक्ता लुकाज जसिनाले पोल्याण्डका लागि रुसी राजदूतलाई घटनाको ‘तत्काल विस्तृत स्पष्टीकरण’ दिन बोलाइएको बताए। यद्यपि उनले उक्त क्षेप्यास्त्र कसले हान्यो भन्ने कुरा भने खुलाएनन् । युद्धमा दुवै पक्षले रुसी युद्ध सामग्री प्रयोग गरेका छन् ।

रुसद्वारा आक्रमणको दाबी अस्वीकार
यता रुसले आक्रमण आफूले गरेको भन्ने समाचारको खण्डन गरेको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘रुसले युक्रेनी-पोलिश राज्य सीमा नजिकका लक्ष्यहरूमा कुनै आक्रमण गरेको छैन।’ रुसले भनेका छन् कि यी रिपोर्टहरू ‘स्थितिलाई अझ बिगार्ने उद्देश्यले गरिएको उक्साहट हो’। बीबीसी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal