आज :

विश्वविद्यालय परिसरमा अचानक गोली चल्यो, तीन विद्यार्थीको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गो ली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।

विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ। विद्यार्थी सवार बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गो ली प्रहार भएको थियो।

गो ली चलाएको आशंकामा विश्वविद्यालयमा पढ्ने २२ वर्षीय छात्र क्रिष्टोफर डेनियल पक्राउ परेका छन्। घटनाबाट आफू निकै विक्षिप्त भएको विश्वविद्यालयका प्रमुख जिम रायनले भनेका छन्।

‘म यो घटनाबाट निकै विक्षिप्त छु,’ उनले भनेका छन्। भर्जिनिया विश्वविद्यालय अमेरिकाको प्रतिष्ठित शैक्षिक संस्था मध्यमै पर्छ।

यता शी जिनपिङसँगको भेटपछि उद्घाटन सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीनबीचको ‘द्वन्द्व’ कम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

उनले जिनपिङसँग सहमति जनाउँदै आमने सामने भेटघाटबाहेक ‘कम विकल्प’ बाँकी भएको बताएका छन् ।

बाइडेनले भने, ‘दुबैजना देशबीच वार्ताको बाटो खुला राख्न प्रतिबद्ध छौँ । ताकि दुबै देशले जलवायु परिवर्तन र असुरक्षा सहित अन्य अत्यावश्यक विश्वव्यापी मुद्दाहरू मा सँगै काम गर्न सकून् ।’

उनका अनुसार विश्व दुबै देशसँग पार्टनरशीपको आशा गरिरहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal