आज :

युएईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हार्यो नेपाल

  • अनलाइन डबली

काठमाडौँ । युएईविरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो । ​

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईले दिएको २६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १७९ रन मात्र बनायो । नेपालका लागि अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले ।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु खेलमा अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले । त्यस्तै नेपालका आसिफ शेखले १२ रन बनाउँदा गुलशन झा १९ रन बनाए ।

युएईका आयन अफ्जल खानले ४ विकेट लिए । बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो ।

युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए । नेपालका गुलशन झाले दुई विकेट लिए ।

सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए । यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal