आज :

पाँचौं ताम्रकार फुटसलको उपाधी बि के सुनचाँदीलाई

  • अनलाइन डबली

काठमाडौँ । द ब्रिटिस कलेजको मुख्यप्रायोजन रहेको पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२को उपाधी बिके सुनचाँदी पसलले हातपारेका छन । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगिताको शनिबार भएको प्रतिस्प्रधात्मक फाइनल खेलमा वि.के सुनचांदि पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो । यसअघि भएको सेमीफाइनल खेलमा वि.के सुन चांदि पसलले ओरियन इलेक्ट्रीकललाई २–१ ले तथा मेडस मार्ट फार्मेसीले आर्टस फेसन नेपाललाई टाइब्रेकरमा २–० ले पराजित गरी फाइनलमा प्रवेश गरेकाथिए । वि.के सुनचांदि पसल चौथो संस्करणका उपविजेता पनि हुन ।

विजेता तथा उपविजेता टिमलाई ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य “आस्था”, समाजका अध्यक्ष बिनोद ताम्रकार, द ब्रिटिस कलेजका प्रशासनिक प्रमुख अमरदीप मण्डल, उपसमितिका संयोजक अनिस ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे । विजेताले रु ३०,०००।–तथा उपविजेताले रु १५,०००।– प्राप्त गरेकाथिए ।
सोहीदिन भएको अण्डर १४ प्रतियोगिताको फाइनलमा प्रभु हिरोजले सिटी प्रिमिएर रेन्जर्सलाई ३–१ गोल अन्तरले पराजित गरी ट्रफी हातपारेका छन । त्यहिदिन महिला खुल्ला, दशवर्ष मुनि तथा भेट्रान टिमको प्रदर्शनी खेलपनि भएको थियो । ताम्रकार अल स्टार र द ब्रिटिस कलेज बिचभएको मैत्रीपूर्ण खेलमा द ब्रिटिस कलेज ३–२ ले विजयी बन्न सफलभए ।
यही कात्तिक १९ गते र २६ गते शनिबार सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा भएको उक्त प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा मेडस मार्ट फार्मेसीका बिक्सन ताम्रकार, उत्कृष्ट खेलाडीमा वि.के सुन चांदिका कुशल राजकर्णिकार, उच्चगोलकर्तामा वि.के सुन चांदिका लिउसन राजकर्णिकार र मेडस मार्ट फार्मेसीका बादल शिल्पकारले संयुक्तरुपमा प्राप्त गरे । त्यस्तै प्रेसिडेन्ट च्वाइसमा मेडस मार्ट फार्मेसीका युसन ताम्रकार घोषित भएकाथिए । त्यस्तै अण्डर १४ को उत्कृष्ट खेलाडीमा प्रभु हिरोजका रेक्सन राजकर्णिकार भएकाथिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal