आज :

ट्वीटरले खारेज गर्‍यो ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम

  • अनलाइन डबली

काठमाडौँ । ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय तत्कालका लागि खारेज भएको छ ।

अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।

मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताहरुले प्राप्त गर्दथे । तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने बनाएका थिए ।

पैसा तिरेर ट्वीटर अकाउन्ट भेरिफाइड गराउन मिल्ने नयाँ नियमको दुरुपयोग गर्दै अमेरिकामा एकजना व्यक्तिले एली लिली एण्ड कम्पनी

नामक औषधि कम्पनीको नक्कली खाता बनाएर ब्लु टिक प्राप्त गरे र आफ्नो कम्पनीबाट इन्सुलिन सित्तैमा उपलब्ध रहेको भनेर ट्वीट गरे । आफ्नो नक्कली तर भेरिफाइड खाताबाट कसैले त्यस्तो गलत ट्वीट गरेपछि कम्पनीले सार्वजनिक रुपमा माफी माग्नुपर्‍यो ।

केवल एली लिली कम्पनी मात्र होइन नाइनटेनडू, लकहीड मार्टिन, टेस्ला तथा स्पेस एक्सलगायतको पनि मानिसहरूले फर्जी खाता बनाएका छन् ।

ट्वीटरमा कारोबार गर्ने यस्ता विज्ञापनदाताहरू जो यसअघि नै आफ्नो कारोबार रोकेर स्थितिको मूल्यांकन गरिरहेका छन्, उनीहरूका लागि फर्जी खाता ठूलो झट्का हुन सक्दछ ।

ट्वीटरले हालै आफ्नो प्लाटर्फममा ब्लु टिक फिचरका लागि प्रयोगकर्ताबाट ८ अमेरिकी डलर असुली गर्ने निर्णय गरेको थियो । उक्त शुल्कको बदलामा कम्पनीले प्रयोगकर्तालाई विभिन्न एक्सक्लूसिभ फिचर उपलब्ध गराउने पनि बताएका थियो ।

तर, पैसा तिरेर ब्लु टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग भएका समाचार आउन थाले । ट्वीटरले पनि आफ्नो एल्गोरिदमका माध्यमबाट गलत मानिसहरुको पहिचान गरिरहेको छ । यसबाट केही मानिसहरु प्रभावित पनि भएका छन्, जसमा अमेरिकी बास्केटबल खेलाडि लिब्रोन जेम्स पनि छन् ।

ट्वीटरले ठूला हस्ती तथा ब्लु टिकवाला ट्वीटर अकाउन्टको नामको तलपट्टी अफिसियल लेखिने बताएको थियो । तर, उक्त अफिसियल नामक नयाँ फिचर पनि ट्वीटरले केही घण्टामै बन्द गरेको छ ।

घृणायुक्त अभिव्यक्ति ३ गुणाले बढ्यो
डिजिटल नागरिक अधिकार समूहका अनुसार जब विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ट्वीटर खरिद गरे त्यसयता ट्वीटर प्लाटर्फममा घृणा फैलाउने नश्लीय गाली अर्थात् हेट स्पीचको संख्या तीव्र रुपमा बढेको छ ।

सेन्टर फर काउन्टरिङ डिजिटल हेटका शोधकर्ताहरुका अनुसार मस्कले ट्वीटर खरिद गरेयता अश्वेत मानिसहरूमाथि आक्रमणका लागि प्रयोग गरिने एक नश्लीय विशेषण २६ हजार भन्दा बढी पटक प्रयोग भएको छ । यो चालु वर्षको औषध भन्दा ३ गुणा धेरै हो ।

त्यस्तै समलिंगी मानिसहरूलाई लक्षित गरेर प्रयोग गरिने भद्दा शब्दहरूको प्रयोगमा ५३ प्रतिशतले वृद्धि भएको छ समलिंगी पुरुषहरू विरुद्धका आक्रामक शब्दावलीमा ३९ प्रतिशतले वृद्धि भएको छ ।

शोधकर्ताहरूले अध्ययन गरेका संसारका अंग्रेजी भाषामा गरिएका ८० हजार ट्वीट तथा रिट्वीटमा आपत्तिजनक शब्दहरूको अत्यधिक प्रयोग भएको पाइएको छ ।

मिडियाको आलोचना
ट्वीटरका सीईओ एलन मस्कले मूलधारका मिडिया तथा मिडिया अभिजात वर्गको आलोचना गर्दै नागरिक पत्रकारिताबाट बढ्दो प्रतिस्पर्धाले मूलधारका मिडियाको सूचनाहरुलाई अवरोध गर्ने बताएका छन् ।

शुक्रबार एक ट्वीट गर्दै उनले नागरिक पत्रकारितालाई माथि उठाउने ट्वीटरको लक्ष्यका विषयमा उल्लेख गरेका छन् । नागरिक पत्रकारिलाई माथि उठाउने लक्ष्यलार्य ट्वीटरले पछ्याइरहेको तर मिडिया अभिजात वर्गले यसो गर्नबाट रोक्नका लागि सबैचिज गर्ने कोसिस गर्ने उनको दाबी छ ।

अर्को ट्वीटमा उनले मूलधारका मिडिया अझै पनि फल्ने फुल्ने तर नागरिकसँगको बढ्दो प्रतिस्पर्धाले उनीहरूलाई सीमित पार्ने उल्लेख गरेका छन् । एजेन्सी

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal