आज :

राजीव गान्धी हत्याकाण्ड- ३१ वर्षपछि रिहा भए तीन दोषी

  • अनलाइन डबली

काठमाडौँ । राजीव गान्धी ह त्या काण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् ।

अदालतको आदेशपछि उनीहरू शनिबार साँझ रिहा भएका हुन् । रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन् ।

मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौं दोषी पेरारिवलनलाई रिहा गरेको थियो । बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ ।

अदालतले यो पनि उल्लेख गरेको छ की तमिलनाडु क्याबिनेटले सन् २०१८ मा राज्यपाललाई दोषीहरूलाई रिहा गर्न सिफारिस गरेको थियो र राज्यपाल यसको लागि बाध्य थिए ।

नलिनी बाहेक पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको लागि सन् १९९१ मा जेल परेका अन्यहरू श्रीहरन, सन्थान, मुरुगन, रोबर्ट पायस र आरपी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal