काठमाडौँ । रोहित पौडेल नेपाली क्रिकेट टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार रोहितलाई कप्तानमा नियुक्त गरेको हो।
नियमित कप्तान सन्दीप लामिछानेको बर्खास्तपछि रोहितले टोलीको नेतृत्व गर्ने अवसर पाएका हुन्।
यसअघि नेपाली क्रिकेट टोलीबाट दुई महिनाअघि केन्या भ्रमणमा कप्तानी गरेका थिए। केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा रोहित कप्तानी गर्दै क्लिनस्विप दिलाएका थिए।
रोहितले नेपालबाट २५ खेलमा ओडिआई खेलमा १ शतक र ५ अर्धशतकसहित कुल ८ सय ८ रन बनाएका छन्। त्यस्तै २१ टि२० आई र ४० लिष्ट ए खेल खेलेका छन्।
सन् २०१८ मा डिभिजन २ मा नामिबियासँग डेब्यू गरेका रोहितले त्यसपछि लगातार उच्च प्रदर्शन गर्दै आएका छन्।
नेपालले रोहितको कप्तानीमा घरेलु मैदानमा युएईसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । पहिलो एकदिवसीय नोभेम्बर १४ मा हुनेछ।
यस्तै दोस्रो एकदिवसीय नोभेम्बर १६ र अन्तिम तथा तेस्रो एकदिवसीय नोभेम्बर १८ मा हुनेछ ।