काठमाडौँ । इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ।
इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर (आईआरजीसी)’ का एक वरिष्ठ कमान्डरले इरानले ‘हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र’ निर्माण गरेको बताएका हुन्।
आईआरजीसीको एयरोस्पेस डिभिजनका कमान्डर अमिर अली हाजिजादेहलाई उद्धृत गर्दै इरानको प्रेस टिभी नेटवर्कले भनेको छ, ‘यो क्षेप्यास्त्रको गति उच्च छ र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवै तर्फ चल्न सक्छ।’
‘नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्छ,’ उनले भने।
हाजिजादेहले भने, ‘मेरो विचारमा नयाँ क्षेप्यास्त्रको सामना गर्न सक्ने प्रविधि आगामी दशकमा हासिल हुनेछ, यसले शत्रुको एन्टी–मिसाइल प्रणालीलाई निशाना बनाउन सक्छ र यसको उत्पादनले नयाँ पुस्ताका क्षेप्यास्त्रको विकासमा ठूलो फड्को मारेको छ।’


अनलाइन डबली




