आज :

काठमाडौँमा घट्यो दुखद घटना, २ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।

नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

गए राति ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो। पोखरा महानगरपालिका वडा नम्बर ९ का ४७ वर्षीय बेलबहादुर राना मगर र ४७ वर्षीया कल्पना राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

तीव्र गतिका कारण सवारी दुर्घटना भएको प्रहरीको अनुमान छ। ट्रक चालक चितवनका २५ वर्षीय राम हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal