आज :

पाँचौं ताम्रकार फूटसलको लिग चरण समाप्त

  • अनलाइन डबली

कार्तिक २१  , काठमाडौँ । पाँचौं ताम्रकार फूटसलको लिग चरण समाप्त भएको  छ । थापाथली स्थित ट्रेड टावरमा अवस्थित द ब्रिटिस कलेजले मुख्यप्रायोजमा शुक्रबार बात शुरु भएको ताम्रकार फूटसल प्रतियोगिताको पाँचौं संस्करण आइतबार लिग चरण समाप्त भएको हो ।     खेलकूदको माध्यमबाट समाजमा भाइचाराको अभिवृद्धि गर्न एवं समाजमा सकारात्मक परिवर्तनको उद्देश्यका साथ ताम्रकार समाजले विगत केहीवर्षदेखि नियमित रुपमा  गरिदै आइरहेको  समाजले जनाएको छ ।

उक्त प्रतियोगिताको उदघाटन समाजका निवर्तमान अध्यक्ष रविन्द्रराज ताम्रकार एवं कलेजका प्रशाशकीय प्रमुख अमरदीप मण्डलले संयुक्त रुपमा गरेका थिए । सानेपा स्थित फिल्ड फूटसल ग्राउण्डमा भइरहेको उक्त प्रतियोगितामा विभिन्न आठवटा उद्योग र कम्पनीहरुले टिमको प्रायोजन गरेका छन् । प्रायोजन गरेका कम्पनी कै नामबाट टिमको नाम कायम गरिएको प्रतियोगितामा ललितपुरका विभिन्न समाजका साठी भन्दाबढी खेलाडीहरुले सहभागीता जनाइरहेका छन ।

शनिवार भएको लिग चरणका खेलहरुमा ओरियन इलेक्ट्रीकलले दिल ह्याण्डीक्राफ्ट र टेकम्याकस डिजिटल सलुसनलाई पराजित गरी सेमिफाइनलमा स्थान सुरक्षित गरेका छनभने वि.के.सुनचांदी पसलले भैरवनाथ आइरण इण्डष्ट्रीलाई पराजित एवं श्रीनन्द मिठाई भण्डार र मेडस् मार्ट फार्मेसी संग बराबर खेलि सेमिफाइनल प्रवेश गरेका छन । त्यस्तै आर्ट फेसन नेपालले ओरियन इलेक्ट्रीकललाई पराजित एवं टेकम्याकस डिजिटल सलुसन र दिल ह्याण्डीक्राफ्टसंग बराबर खेलि सेमिफाइनल पुगेका छन भने मेडस् मार्ट फार्मेसीले भैरवनाथ आइरण इण्डष्ट्री र ,श्रीनन्द मिठाई भण्डारलाई पराजित र वि.के.सुनचांदी पसलसंग बराबरी गरी सेमिफइनल प्रवेश गरेका छन ।

यही कात्र्तिक २६ गते शनिबारहुने सेमिफाइनल एवं फाइनलमा विजेता तथा उपविजेता टोलीले आकर्षक ट्रफी, मेडलका साथै नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताकालागी करीब साढे आठलाख जति खर्चलाग्ने  आयोजकको अनुमान छ । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिबाट आयोजित यस प्रतियोगितामा अण्डर १४, महिला खुल्ला तथा भेट्रान टिमले पनि प्रतिस्प्रधा गर्नेछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal