आज :

रूपन्देहीको देवदहमा दम्पती मृत फेला

बुटवल । रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन्। देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन्।

कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहरीले जनाएको छ। देवदह प्रहरी चौकी प्रमुख रहेका प्रहरी निरीक्षक गंगाबहादुर सारुले हेमकला भुईमा पल्टिएको र बालेन्द्र झुण्डिएको अवस्थामा फेला परेको बताए।

बुटवलको प्रहरी टोली घटनास्थल पुगेपछि मात्र ढोका खोलेर घटनाको अनुसन्धान सुरू गर्ने प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरि आफूले आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ।

‘कोठाको भित्रबाट चुकुल लगाएको छ, घटनाको प्रकृति हेर्दा हत्यापछि आत्महत्या गरेको जस्तो देखिन्छ, तर अनुसन्धान नगरी यहि हो भन्न सकिँदैन,’ उनले भने।

वैदेशिक रोजगारीमा रहेका बालेन्द्र चार दिन अघि मात्रै घर फर्किएका थिए। आइतबार साँझसम्म पारिवारिक कलह, झै-झगडा केहि थाहा नभएको स्थानीयले बताएका छन्।

बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा आइतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईमा पल्टिएको र बुवा झुण्डिएको देखेपछि छिमेकीलाई खबर गरेका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal