काठमाडौँ। महिला उद्यमी हस्तकला मेला २०७८ सम्पन्न भएको छ। नेपाल हस्तकला महासंघ उद्योग परिषदको महिला शेक्टरले आयोजना गरेको मेला कार्तिक १८ बात काठमाडौँ दरवार क्षेत्र गद्दी बैठकमा संचालन भए यो मेला आज आइतबार सम्पन्न भएको हो।
महिला बर्गमा उद्यमशीलता बिकास गर्ने उदेश्यले संचालन गरिएको यो मेलामा महिला उद्यमीहरुबाट उत्पादन गरिएका विभिन्न हस्तकला तथा परम्परागत खाजाका परिकारका गरि ४३ स्टल रहेका थिए। सस्थाका उपाध्य्क्ष दिब्य तारा ताम्राकारले यस किसिमको मेलाले महिला उद्यमिलाइ थप हौसला प्रदान गर्न सहयोग दिने बताउनु भयो। उहाले मेला सकिये लगतै १०० जना महिला हस्तकला सम्बन्धि तालिम दिइने बताउनु भयो। नेपाली बस्तु उत्पादन र बजारी कारणको प्रमुख उदेस्य संगै उत्पादित सामान विदेश निर्यात बढ्दै गएको जानकारी गराउनु भयो । कोरना महामारीका कारण थलिएको यो बजार पुनः बिदेशमा समेत निर्यातले गति लिएपछि ब्यबसायीमा खुसि छाएको छ ।
फोटोहरु –