आज :

युक्रेनलाई सहयोग नगर्ने मुडमा जर्मनी, चान्सलर सोल्सले चिनियाँ राष्ट्रपतिलाई भेटे

  • अनलाइन डबली

काठमाडौँ । पछिल्लो पटक युक्रेनलाई सहयोग घटाउँदै लगेको जर्मनका चान्सलर ओलाफ सोल्स चीन भ्रमणमा रहेका छन् । रुसले युक्रेनमाथि गरेको सैन्य कारवाहीलाई लिएर युरोपमा चीनसँग सम्बन्ध चिसिदै गएको बेला चान्सलर सोल्सले चीन भ्रमण गरेका छन् ।

विश्वव्यापी समस्याहरू चीनसँगको सहकार्यबाट मात्र समाधान गर्न सकिने बताउँदै चीन पुगेका चान्सलर सोल्सले चिनियाँ सी चिनफिङसँग भेटवार्ता गरेका छन् । रुसले ग्यास निर्यात रोकेसँगै संकट उन्मुख युरोपको शक्ति र अर्थ सम्पन्न जर्मनका चान्सलरको चीन भ्रमणले विश्व राजनीतिमा समेत चर्चा भएको छ । केही समयदेखि रुसमाथि गरिएको नाकाबन्दी युरोपको लागि प्रतिउत्पादक हुने बताउँदै आएको सोल्सले युक्रेन घटनाबारे नयाँ नीति लिन सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार जर्मनले युक्रेनलाई सहयोग नगर्ने मुडमा पुगेको छ भने रुससँगको सम्बन्ध सुधारको प्रयास गरिहरेको छ । त्यसैको सिलसिलामा चीन भ्रमण निस्किएको बताइएको छ । युरोपका अन्य देशहरुले सोल्सको भ्रमणलाई युक्रेन घटनाबारे फरक नीति लिन सक्ने शंका गरेका छन् ।

सीसँगको भेटमा जर्मन चान्सलर सोल्सले युक्रेनसँगको युद्ध रोक्न रुससँग मनाउन आग्रह गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । सोल्सले युक्रेन घटनाबारे निन्दा गर्न चीनसँग आग्रह गरेका थिए । तर, चिनियाँ राष्ट्रपति सीले रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्न अस्वीकार गरेको बीबीसीले जनाएको छ । चीन र जर्मनी ठूला व्यापारिक साझेदार हुन् ।

सोल्सले चीनमा ११ घण्टा बिताएर स्वादेश फिर्ता भएका छन् । उनले अब कस्तो नीति लिन्छन् युरोपमा चाँसो बढेको बताइन्छ । चान्सलर सोल्सले युक्रेन घटनाबारे नयाँ कदम चाल्न सक्ने अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal