आज :

जीतबहादुर पक्राउ परेपछि न्युरोडमा ह’त्याकाण्डको रहस्य खुल्यो, प्रहरीले फेसबुकमार्फत दियो यस्तो जानकारी

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंको न्युरोडमा एक पुरूषको ह त्यामा संलग्न व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। बुधबार दिउँसो प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत् ह त्या आरोपितलाई सार्वजनिक गरेको हो।

ह त्या आरोपमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ का ६२ वर्षीय जीतबहादुर लामालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरी वृत्त जनसेवाबाट खटिएको काठमाडौं-२५ बाङ्गेमुडामा लुकेर बसेको अवस्थामा फेला पारेको हो। मृतकको पहिचान भने नखुलेको उनले बताए। यद्यपि उनी सोही ठाउँमा मजदुरी गर्दै आएका व्यक्ति थिए।

मंगलबार पौने ७ बजे न्युरोडमा जुद्ध शालिकनजिकै उनको शव फेला परेको थियो। प्रहरीले ढोकामा लगाउन प्रयोग हुने काठको आग्लो पनि बरामद गरेको छ।

उक्त आग्लोले हिर्काएर ह त्या गरेको प्रहरीले जनाएको छ। उनीहरूबीच सुत्ने विषयमा विवाद हुँदा ह त्या भएको हुनुपर्ने एसपी मैनालीले बताए।

‘मापसे पनि गरेको र सोही ठाउँमा सुत्ने विषयमा झगडा हुँदा ह त्या भएको जस्तो प्रारम्भिक अनुसन्धानबाट देखिन्छ,’ उनले भने, ‘उनले ह त्या गरेको पनि स्वीकारिसकेका छन्। अरू कारणहरू थप अनुसन्धानबाट खुल्दै जान्छ।’

जीतबहादुरमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१२ को ‘ज्यान सम्बन्धी कसूर’ मा प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal