आज :

अमेरिकाविरुद्ध शक्तिशाली जवाफी कदम चाल्ने उत्तर कोरियाको चेतावनी

  • अनलाइन डबली

काठमाडौं । जनवादी गणतन्त्र कोरियाले अमेरिकाविरुद्ध शक्तिशाली जवाफी चाल्ने चेतावनी दिउको छ । दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रोक्न चेतावनी दिँदै उत्तर कोरियाले आफूविरुद्ध उक्साउन काम नरोके शक्तिशाली जवाफी कदम उठाउने चेतावनी दिएको हो । सोमबारदेखि सबैभन्दा ठूलो मध्येको संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।

उत्तर कोरियाको विदेश मन्त्रालयले एउटा वक्तव्य जारी गर्दै अमेरिकाले गम्भीर प्रकृतिको उक्साउने खाले सैनिक गतिविधिलाई निरन्तरता दिन कायमै राखेमा आफूले अझै शक्तिशाली जबाफी कदम चाल्ने चेतावनी दिएको छ । “यदि आफ्नो सुरक्षा चासोलाई नसुहाउने खालको कुनै गम्भीर गतिविधि चाहँदैन भने उसले यस्ता अनुपयोगी र अप्रभावी युद्ध अभ्यासहरू तत्काल बन्द गर्नुपर्छ। होइन भने, अगाडिका सबै परिणामहरूको सम्पूर्ण जिम्मेवारी उसैले लिनुपर्छ” विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अमेरिका र दक्षिण कोरियाले ‘भिजिलन्ट स्टोर्म’ नाम दिइएको हालको सैन्य अभ्यासमा सयौँ लडाकु विमान सहभागी छन् र तिनीहरूले दिनको चौबीसै घण्टा नक्कली आक्रमणको अवस्थाको अभ्यास गरिरहेका छन्। अक्टोबर महिनाको सुरुदेखि अमेरिकाले उत्तर कोरियाको सुरक्षा चाँसो रहेको क्षेत्रमा  परमाणुअस्त्र भएको विमानवाहक लडाकु पानीजहाज युएसएस रोनल्ड रेगनलाई परिचालन गरेको थियो। उक्त पानीजहाज पनि केही नौसैनिक युद्ध अभ्यासमा संलग्न भएको थियो। हाल उक्त सैन्य पानीजहाज फिलिपिन सागरमा सक्रिय रहेको बताइएको छ ।

अमेरिका र दक्षिण कोरियाको सैन्य गतिविधिवरुद्ध उत्तर कोरियाले पनि क्षेप्यास्त्र प्रक्षेपण गरेर जवाफ फर्काउँदै आएको छ । केही दिन मात्रै उत्तर कोरियाले ब्यास्टिक मिसाइल प्रहार गरेको थियो ।

जनवादी गणतन्त्र कोरियाले आफूलाई परमाणु शक्ति सम्पन्न राष्ट्रको रुपमा घोषणा गरिसकेको छ । सर्वोच्च नेता किम जोङ उनले सेप्टेम्बर महिनामा प्योङयाङ अब पछाडि फर्कनै नमिल्ने गरी परमाणु शक्ति सम्पन्न राष्ट्र भएको घोषणा गरेका थिए । उनले आफूमाथि आक्रमण हुनुपूर्व नै अरू विरुद्ध परमाणुअस्त्र प्रयोग गर्न सक्ने गरी देशका कानुनहरूमा फेरबदल गरिसकेका छन् । पहिलेको नीति आफूविरुद्ध हमला भएमा मात्र परमाणुअस्त्रको प्रयोग गर्ने भन्ने रहेको थियो।

नयाँ कनूनसँगै उत्तर कोरियाले आफूमाथि कारवाहीको खतरा बढेमा पहिले नै परमाणु हमला गर्न सक्ने भएको छ । उत्तर कोरियाले चेतावनी मात्रै होइन आफ्नो परमाणु क्षमतालाई बृद्धि गरेको छ । यो वर्ष मात्रै उसले चालिसवटा भन्दा बढी क्षेप्यास्त्र प्रहार गरिसकेको छ। सन् २००६ र २०१७ को बीचमा ६ वटा परमाणुअस्त्र परीक्षण गरेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal