आज :

काठमाडौंमा ३ जना मृत भेटिए, मन्दिरभित्र कसले गर्यो मान्छेको ह त्या ?

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौंको न्युरोडमा एक पुरुषको शव फेला परेको छ ।

जुद्ध शालिक नजिकको एक मन्दिरभित्र आज बिहान शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

शव अन्दाजी ५५/५६ वर्षको पुरुषको हो । प्रहरीका अनुसार उनी ज्याला मजदुरीको काम गर्दै आएका व्यक्ति हुन् । तर सनाखत हुन बाँकी रहेको छ ।

उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा ढोकामा लगाउने आग्लो जस्तो लामो काठ पनि फेला परेको छ । घटनाको प्रकृति हेर्दा उनको ह त्या भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको छ । घटनाको आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै टोखा नगरपालिका–८ बानियाँटार गैरीगाउँ डेरा गरी बस्ने काभ्रे घर भएका २५ वर्षीय पासाङ लामा आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी काठमाडौँकै शंखरापुर नगरपालिका–५ खोरियास्थित खोल्सामा सोही नगरपालिका पालुबारी बस्ने ७५ वर्षीय माइला परियार सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

त्यस्तै ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका(२ बस्ने ५४ वर्षीया मिना लिम्बु सोही ठाउँस्थित काबेली नदीको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

आइतबार दिउँसोदेखि हराएकी उनको प्रहरी चौकी थेचम्बुबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्न क्रममा उनको शव फेला पारेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal