आज :

आठ घण्टासम्म किन बन्द भयो इन्स्टाग्राम ? प्रयोगकर्तासंग मागियो माफी

  • अनलाइन डबली

काठमाडौं । प्राविधिक समस्याका कारण इन्स्टाग्राम अकाउन्ट करिब आठ घण्टासम्म बन्द भएको छ ।

इन्स्टाग्रामले सूचना जारी गरी अहिले समस्याको समाधान भइसकेको जनाएको छ । विश्वभरबाट इन्स्टाग्राम अकाउन्ट नचलेको र फलोअर्स घटेको गुनासो आएको थियो ।

तर के कारणले यस्तो भयो भन्ने अन्यौल थियो । इन्स्टाग्रामले पनि समस्या पत्ता लगाउने र समाधान गर्ने कोसिस भइरहेको जानकारी दिएको थियो ।

आज बिहान भने उसले माफी नै मागेको छ र समस्याको समाधान गरिसकेको जनाएको छ । ‘हामीले अहिले यो समस्याको समाधान गरेका छौं ।

यसबाट विश्वका विभिन्न भागहरुमा मानिसहरुलाई आफ्नो खाताको पहुँचमा पुग्न समस्या भएको थियो, माफ गर्नुहोला’ इन्स्टाग्रामले भनेको छ ।तर अझै पनि धेरैले आफ्नो अकाउन्ट बन्द नै रहेको कमेन्ट गरेका छन् ।

यसअघि युजरलाई इन्स्टाग्राम अकाउन्ट केही समयका लागि बन्द हुन लागेको नोटिफिकेसन आएको थियो । धेरैले त्यो नोटिफिकेसन सेयर गर्दै आक्रोश व्यक्त गरेका थिए ।

सामान्यतया यस्तो समस्या साइबर हमला भएपछि देखिने गर्दछ । एकपटक ट्वीटरमा यस्तै साइबर हमला भएको थियो । कयौं अकाउन्ट ह्याक भएका थिए ।

तर इन्स्टाग्राममा के कारणले समस्या आएको हो र कस्तो खालको प्राविधिक समस्या हो भन्ने अझै खुलेको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal