आज :

‘मायाको पहिलो सौगात सुरू’ भन्दै सन्दीप लामिछानेले किशोरीलाई यस्तो मेसेज पठाएको खुलासा, ६ प्रमाणसहित

  • अनलाइन डबली

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बला’त्कार मुद्दामा आजदेखि थुनछेक बहस सुरू हुने भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। मंगलबार इजलास तोकेसँगै थुनछेक बहस हुने अदालतले जनाएको छ।

सरकारी वकिल कार्यालय काठमाडौंले नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध ६ वटा मुख्य प्रमाणको रूपमा पेस गरेको छ।

जसमध्ये सिसिटिभी फुटेजलाई प्रमुख प्रमाण मानेको छ। प्रहरीले काठमाडौंमा भदौ ५ गते राति बसेको होटलबाट १२ वटा भिडिओ संकलन गरेको छ। कार्यालयले त्यसको पेनड्राइभ अदालतमा पेस गरेको छ।

दोस्रो प्रमाणको रूपमा अदालतले घटनास्थल मानिएको उक्त होटलबाट संकलन गरेको सन्दीप लामिछानेको गेष्ट रेजिस्ट्रर कार्ड पनि बुझाएको छ। प्रहरीले जाहेरीमा पेस भएको एउटा तस्बिरलाई पनि प्रमाणको रूपमा पेस गरेको छ।

स्न्याप च्याटमा सन्दीपले ती युवतीलाई पठाएको फोटो पनि अभियोग पत्रमा समावेश गरिएको छ। जसमा लेखिएको छ, ‘मायाको पहिलो सौगात सुरू।’

काठमाडौंको होटलमा बलात्कार हुनुअघि उनीहरू नगरकोटको एक रिसोर्टमा पुगेका थिए। उक्त रिसोर्टमा खाजा खाएर तिरेको सन्दीपको नामको बिलको भरपाइ पनि प्रमाणको रूपमा पेस गरिएको छ।

पीडित युवती र सन्दीप लामिछाने दुबै जनाको स्वास्थ्य परीक्षणको रिपोर्ट दुई वटा छुट्टाछुट्टै प्रमाणको रूपमा पेस गरेको छ।

सन्दीप लामिछानेले सरकारी वकिल कार्यालयलाई इन्कारी बयान दिएका छन्। लामिछानेले उक्त होटलको ३०५ कोठा नम्बरमा सँगै बसेको स्वीकारे पनि बला’त्कारबारे बोलेका छैनन्।

बरू उनले आफू रातभरि कुरा गरिरहेको र कुर्सीमै निदाएको बताएका छन्। अभियोगपत्रमा सरकारी वकिलले लामिछानेले नाबालिगलाई रातको समयमा मन्जुरी बिना नै होटल फेरी फेरी आफू अनुकूल परिस्थिति बनाएको उल्‍लेख छ।

‘स्न्याप च्याटमार्फत् चिनजान भएको नाबालिकालाई रातको समयमा पीडितको मन्जुरी इच्छा बेगर होटल फेरी- फेरी आफू अनुकूल परिस्थिति बनाई रातभर एउटै कोठामा एउटै बेडमा लगेर राख्नु र पीडितले प्रतिवादीले मलाई जबरजस्ती करणी गर्यो भन्नु त्यसैगरी पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन समेतका प्रमाणबाट प्रतिवादीले जबरजस्ती करणी गरेको पुष्टि हुन आउँछ,’ अभियोग पत्रमा भनिएको छ।

यस्तै, यस घटनाबारे सरकारी वकिलको कार्यालयले १२ जनाको बयान पनि पेस गरेको छ। क्रिकेटर सहकर्मी देव खनाल, साहाव आलम, होटलका मालिक, कर्मचारी लगायत गरी १२ जनाको बयान पनि पेस गरेको हो।

सरकारी वकिल कार्यालयले सन्दीप लामिछानेलाई १७ वर्षीया नाबालिगमाथि बला त्कार १२ वर्षसम्म कैद सजायको माग गरेको छ।लामिछानेविरूद्ध भदौ २१ गते प्रहरी वृद्ध गौशालामा जाहेरी परेको थियो। त्यतिबेला उनी केन्यामा थिए। टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

एक महिनापछि नेपाल फर्किएका उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। उनी लामो समयसम्म नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् डिफ्युजन नोटिस पनि जारी गरेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal