आज :

नारायणी नदीमा डुंगा दुर्घटना हुँदा ३ जनाको मृत्यु

  • अनलाइन डबली

नवलपरासी । नारायणी नदीमा डुंगा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नवलपरासीकाे सुस्ता गाउँपालिका –४, नर्सहीमा रहेकाे नारायणी नदीको भङ्गालोमा भएको दुर्घटनामा थप तीन जनाको घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका अनुसार डुङ्गा दुर्घटनामा परि सुस्ता गाउँपालिका –४ गोकुल नगर बस्ने २२ वर्षीय गुड्ड हरिजन, १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको छ । त्यस्तै, दुर्घटनामा परि २२ वर्षका किशोर हरिजन र १५ वर्षीय सोहित सहानी घाइते भएका छन् ।

घाइतेहरूको शहीद स्मृति अस्पताल चौपत्तामा उपचार भइरहेको प्रहरीले बताएको छ । सोमवार दिउँसाे डुङ्गा दुर्घटना भएको थियो । डुङ्गा पल्टिएर पाँच जना डुबेपछि उद्धार गरी चौपत्ता अस्पताल पुर्याइएकोमा तीन जनाको उपचारका क्रममा राति निधन भएको थियो ।

सुस्ता गोकुल नगरका युवाहरू नर्सही नजिक पटनहियामा पिकनिक खान गएका थिए । पिकनिक खाएर फर्किने क्रममा डुङ्गा दुर्घटनामा भएको हो । ७ जना पिकनिक खान गएकोमा दुई जना भने मर्चहवा गाउँतर्फको बाटो हुँदै घर फर्किएको बताइएको छ । पाँच जना भने नारायणीको भङ्गालो हुँदै डुङ्गामार्फत घर फर्किँदै थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal