आज :

छठ घाट जाने क्रममा कारले ठक्कर दियो, ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, केछ आमाको अवस्था ?

  • अनलाइन डबली

बुटवल । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो । कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।

आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।

ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको अर्यालले बताए । यसैबीच सुदूरपश्चिम प्रदेशमा दशैँ र तिहारका बेला भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्यांकअनुसार प्रदेशभर दशैँ र तिहारको समयमा २४ वटा सवारीसाधन दुर्घटना भएकोमा ८ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् ।

उनीहरु मध्ये १८ जना गम्भीर घाइते भएका छन् भने २६ जना समान्य अवस्थाका रहेको प्रहरीले जनाएको छ । दशैँ र तिहारका बेला प्रदेशमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् ।

प्रहरीको तथ्यांकअनुसार १४ वटा मोटरसाइकल मात्र दुर्घटनामा परेका छन् । पाँच वटा जिप, कार, दुई वटा बस र बाँकी अन्य सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ । यो वर्ष अघिल्लो वर्षको तुलनामा कम सवारीसाधन दुर्घटना हुँदा मानवीय क्षति पनि बढी नभएको ट्राफिक प्रहरीको भनाइ छ ।

गत वर्ष दशैंका बेला भएका १५ वटा सवारी दुर्घटनामा ९ जना र तिहारका बेला भएका १८ दुर्घटनामा एक जना गरेर १० जनाको मृत्यु भएको थियो । ट्राफिक प्रहरी कार्यालयकाअनुसार दशैं र तिहारमा भएका ३३ वटा सवारी दुर्घटनामा ४५ जना घाइते भएका थिए । उनीहरु मध्ये गम्भीर घाइते हुनेको संख्या मात्र ३२ थियो ।

त्यो बेला प्रदेशभर सबैभन्दा धेरै २३ वटा मोटरसाइकल मात्र दुर्घटनामा परेका थिए भने पाँच वटा जिप, कार र बाँकी अन्य सवारीसाधन दुर्घटनामा परेका थिए ।

अघिल्लो वर्षको तुलनामा दशैँ र तिहारका बेलाको यो वर्ष कम सवारीसाधन दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रविण धिताल चेकजाँचमा गरिएको कडाइका कारणले गत वर्षको तुलनामा कम सवारीसाधन दुर्घटनामा परेको बताउँछन् ।

चेकजाँचमा कडाइ गर्दा समेत दुई पाङ्ग्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेको उनको भनाइ छ । खासगरी व्यवसायिक चालक ट्राफिक नियमबारे सचेत हुने भए पनि गैरव्यवसायिक चालक लापरबाही गर्ने भएकाले पनि दुई पाङ्ग्रे सवारी बढि दुर्घटना हुने गरेको धितालको भनाइ छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal