आज :

आर्सनलसँग नाटिङ्घम फरेस्टले ५ गोल खायो, आर्सनल पहिलो स्थानमा उक्लियो

  • अनलाइन डबली

काठमाण्डाै  । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फरेस्टले आर्सनलसँग ५ गोल खाएको छ । गएराति भएको खेलमा आर्सनलले नटिङ्घम फरेस्टलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

योसँगै आर्सनल अङ्क तालिकाको पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग दुई अङ्कको अङ्क दूरी बढाउँदै आर्सनल फेरि शीर्ष स्थानमा उक्लिएको समाचार एजेन्सीहरुले बताएका छन् । शीर्ष स्थानमा रहेको आर्सनलको ३१ अङ्क भएको छ ।

म्यानचेस्टर सिटीको २९ अङ्क छ । आर्सनलको जितमा रेइस नेल्सनले दुई गोल गरे भने गाब्रियल मार्टिनेली, थोमस पार्टी र मार्टिन ओडेगार्डले एक-एक गोल गरे । नटिङ्घम फरेस्ट ९ अङ्क जोडेर पुछारमा रहेको छ।

यस्तै, गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई १–० गोल अन्तरले हराएको हो । १२ खेलमा २३ अङ्क भएको म्यानचेस्टर युनाइटेड तालिकाको पाँचौँ स्थानमा छ । वेस्टह्याम १३औँ स्थानमा छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal