आज :

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सकियो, मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा 

  • अनलाइन डबली

काठमाडौं । छठ सकिएको छ । आज विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको हो । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य दिन तराई मधेसका विभिन्न जिल्लासँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमासमेत भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका थिए । उदाउँदो सूर्यको पूजा आराधना गर्न काठमाण्डौको गुह्येश्वरी, कमलपोखरीलगायत तराई मधेसका ऐतिहासिक गङ्गा सागर, पोखरी तथा नदी तलाउमा तलाउमा बर्तालुहरुको घुइँचो लागेको थियो । झकिझकाउ बनाएर सिँगारिएका तलाऊहरुमा हजारौँ भक्तजन भेला भएर पूजा आराधना गरेका थिए ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । पहिले तराईका सीमित क्षेत्रमा मनाइने छठले केही वर्षदेखि राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

यसैबीच मधेस प्रदेश सरकारले छठ पर्वको अन्तिम दिन आज पनि सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने दिन अर्थात् हिजो मात्रै बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आजसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal