काठमाडौँ । अस्ताउदो सूर्यलाई अर्घ्य दिएर छठको ब्रत सुभारम्भ भएको छ । पर्वको मुख्य दिन आज नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा ब्रतालुहरुको उल्लेखीए सहभागी देखिएका छन् ।
बिगतमा तराई मधेश, मिथिलांचल क्षेत्रमा मात्र मनाइने छठ पर्व देशभर मनाइन थालेको छ । संघीय राजधानी काठमाडौँ उपत्यका लगाएत पहाडी जिल्लाहरुमा समेत यो पर्वको रौनकता छाएको छ ।
ब्रत नबसेका घरका सदस्यले दिउँसै दौरामा छठी माता, शिरसोप्ताको पूजा र सूर्यलाई अघ्र्य दिने सामाग्री छठघाटमा पुर्याएका हुन्छन् । फर्कने बेलामा पनि उनीहरुले नै बोकेर ल्याइदिने चलन छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनाबिस्वास पाइन्छ ।
कमलपोखरी छठ पुजा समाज परिवारको आयोजनामा काठमाडौँको कमलपोखरीमा देखिएको केहि फोटोहरु –