आज :

राजधानीमा भागदौड मच्चिएर १ सय ५१ जनाको मृत्यु भएपछि प्रधानमन्त्री देउवाले के भने ?

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण कोरियाको राजधानी सउलमा शनिबार राती भएको भागदौडमा १५१ जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन्।

शनिबार बिहान ट्विट गर्दै देउवाले भागदौडको समाचारले आफूलाई स्तब्ध बनाएको भन्दै मृतकहरूप्रति श्रद्धाञ्जली र कोरिया सरकार र मृतकका आफन्तमा समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। दक्षिण कोरियाका राष्ट्रपति युन सुक-एओलले आज राष्ट्रिय शोकको घोषणा गरेका छन्।

सउलमा शनिबार राती भागदौडको घटना हुँदा कम्तीमा १५१ जनाको मृत्यु भएको थियो। समाचार संस्था रोयटर्सका अनुसार हालुविन मनाउन जम्मा भएका युवायुवतीहरूको भीडमा मच्चिएको भागदौडमा अरू दर्जनौं घाइते भएका छन्।

कोरोना महामारीका कारण तीन वर्षपछि यसपालि दक्षिण कोरियामा हालुविन मनाउन दिइएको थियो। सउलको इतेवन क्षेत्र नाइटलाइफका लागि लोकप्रिय छ।

बार र क्लबहरू भएको उक्त क्षेत्रमा शनिबार राती झन्डै एक लाख मानिस जम्मा भएको बिबिसीले उल्लेख गरेको छ।

अत्याधिक भीड भएपछि सास फेर्न गाह्रो भएको भन्दै मानिसहरू त्यहाँबाट बाहिर निस्कन खोज्दा स्थानीय समयअनुसार राती १० बजेतिर भागदौड मच्चिएको बताइएको छ।

मृत्यु हुनेमा २० देखि ३० वर्षका युवती धेरै छन्। दुई जना विदेशीको पनि मृत्यु भएको छ। घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनकलगायत विभिन्न देशका नेताहरूले दु:ख व्यक्त गरेका छन्।

दक्षिण कोरियाली अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal