आज :

छठ पर्वको दिन एकाबिहानै घट्यो दुखद घटना, ५ जनाको मृत्यु, ३० घाइते

  • अनलाइन डबली

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । आजकै दिन मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरमा दुर्घटना भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामना मन्दिर दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २ मथारमा आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो।

बस दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ३० जना घाइते भएका छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। प्रहरी चाैकी बुलिङटारका अनुसार दुर्घटनास्थलबाट ५ जनाकाे शव निकालिएको छ।

रम्भा १ च्याङलिङ, नाैगाउँ, गैरी र साठी क्षेत्रबाट २ वटा बसमा दर्शनार्थीहरू मनकामना दर्शनका लागि जाँदै गरेका थिए। त्यसमध्ये एक बस दुर्घटनामा परेको हो।

बस सडकबाट करिब सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ। बसमा रम्भा १ हुँगीअन्तर्गत बिसाैना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए।

इलाका प्रहरी कार्यालय बुलिङ्टारका अनुसार सो बस आज बिहान ४ बजे दुर्घटना भएको थियो । दुर्घटनाका घाइतेलाई उद्धार गरी चितवन ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal