आज :

चुनावको मुखमा एक जनाको मृत्यु र चार घाइते हुने गरी कालिकोटमा कसले गरायो बम विस्फोट ?

सुर्खेत । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल बढिरहेको बेला कालिकोटमा बम विस्फोट भएको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडाँमा विष्फोट भएको हो । विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

कालिकोट प्रहरीका अनुसार विस्फोटमा परी स्थानीय ४ वर्षीय झरना थापाको मृत्यु भएको छ भने ७ वर्षीय कमल थापा, ५ वर्षीय मुश्कान थापा, ४ वर्षीय सरस्वती थापा र ३ वर्षीय पखना थापा घाइते भएकाा छन् । गृहमन्त्रालयको पहलमा घाइतेहरुको थप उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेतस्थित प्रदेश अस्पताल ल्याइएको छ ।

शनिबार बिहान करिब ८ बजे भएको विस्फोट कसले र किन राखेको भन्ने नखुलेको प्रहरीले बताएको छ । चुनाव बहिस्कारमा रहेका समूहले बम राखेको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यस्तै, विस्फोटक पदार्थ जनयुद्धकालिन अवस्थाका हो कि भन्नेबारे पनि अनुसन्धान भइरहेको बताइएको छ ।

नेपाली सेनाको टोली घटना स्थलतिर गएको छ । घटनास्थल वरपर थप विस्फोटक पदार्थको खोजी पनि भइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal