आज :

सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमा प्रतिबन्ध लाग्ने, यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौँ । युरोपियन मुलुकमा सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कार प्रभावकारी रुपमा प्रतिबन्ध लाग्ने भएको छ । जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्नका लागि यूरोपेली संघ (ईयू) ले बिहीबार गरेको प्रस्ताब प्रति पूर्णता दिदै पेट्रोल तथा डिजेलबात चल्ने सवारि साधनमा प्रतिबन्ध लागाउने बिषयमा ईयूका मुलुक एकमतमा भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार यूरोपेली संघ (ईयू) बाट पारित भएको यो प्रस्तावमा पेट्रोल , डिजेलका कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजानमा सहमत जनाएको छ ।

यससम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने यूरोपेली आयोग, कानुन पारित गर्ने यूरोपियन संसद र कार निर्माता कम्पनीहरु पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् ।

यसै गरि जलवायु परिवर्तनको गतिलाई न्यूनीकरण गर्दै जाने नीति लिएको उक्त प्रस्तावमा  नयाँ उत्पादन हुने सवारी साधनले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने बिषय पनि स्वीकृत भएको छ । यूरोपेली कार उद्योग संघ (एसीईए)ले कार्बन उत्सर्जन बढी गर्ने इन्जिनलाई प्रतिबन्ध गरी अति कम मात्रामा उत्सर्जन हुने इन्जिनलाई प्रोत्साहन गर्न प्रस्ताव गर्दै आएको थियो ।

ईयूले गरेको यो  सहमतिअनुसार अब यूरोपियन युनियनले २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य रहनेका लागि आवश्यक मस्यौदा तयार गर्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal