आज :

आमाबुवासँगै हिडिरहेका थिए १० वर्षीय पवन, अचानक भीरबाट….., सबै स्तब्ध

  • अनलाइन डबली

धनगढी । दार्चुलामा भीर माथिबाट खसेको ढुङ्गाले लागेर बालकको मृत्यु भएको छ । जिल्लाको व्यास गाउँपालिका–२ तम्पाकुका अन्दाजी १० वर्षीय पवन महराको ढुङ्गा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक(डिएसपी) तर्कराज पाण्डेले वडानम्बर २ कै थिइ भीरमाथिबाट खसेको ढुङ्गा लागेर महराको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

घटनाबारे खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको छ ।

भारतको बाटो भएर जानुपर्ने अवस्था भएकाले केही घण्टामा मात्र टोली त्यहाँ पुग्ने बताउँदै डीएसपी पाण्डेले त्यसपछि मात्र घटनाबारे विस्तृत विवरण प्राप्त हुने बताए । बालक आमाबुवासँगै रहेको बताइए पनि उनीहरुसँग पनि सम्पर्क हुन सकेको छैन ।

स्थानीयले भने भारतीय पक्षले धार्चुलाको लखिमपुर क्षेत्रमा सडक निर्माण गरिरहेको र सोही क्रममा ढुङ्गा खसेर बालकको मृत्यु भएको बताएका छन् तर प्रहरीले भने टोली पुगेपछि मात्र थप कुरा थाहा हुने उल्लेख गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal