काठमाडौं । रुस राष्ट्रपति भ्लादिमिर पुटिनले अब विश्व एक ध्रुवीय प्रणालीमा रहन नसक्ने बताएका छन् । अमेरिका, नेटो र बेलायतले उपनिवेशवादी प्रवृति कायम राख्ने र विश्वलाई आफ्नो प्रभुत्व लाद्न अझै प्रयास गरिरहेको बताए । पुटिनले अमेरिका र नेटोले युक्रेनमा खतरनाक, फोहोरी र रक्तपातपूर्ण खेल खेलिरहेको समेत बताए ।
राष्ट्रपति पुटिनले युक्रेन युद्धमा पश्चिमाहरुले आगोमा घ्यु थप्ने काम गरीरहेको भन्दै भविष्यका बारेमा रुससँग संवाद गर्नुको विकल्प नरहेको बताए । उनले अमेरीकाले डलरलाई हतियारको रुपमा प्रयोग गरेको भन्दै डिडलराईजेसनका बारेमा पनि वुद्धिजीवीहरुको ध्यानाकर्षण गराए ।पुटिनले अहिले विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक अवस्थामा ग्रुजिरहेको बताएका छन् ।
वलडाई फोरमको वार्षिक कार्यक्रममा बोल्दै पुटिनले पश्चिमी देशहरूले रुसलाई एक्लो पार्न आणविक हतियारका साथ ब्ल्याकमेल गरिरहेको बताए । पुटिनले भने, ‘रुसले आणविक हतियारको सम्भावित प्रयोगबारे हामीले कहिल्यै अगाडि बढेर केही भनेको छैन । हामीले पश्चिमी देशका नेताहरूको भनाइको सङ्केतमा मात्रै प्रतिक्रिया दिएका छौँ।’ पुटिनले आफूहरुले कहिल्यै पनि अग्रसर भएर रुसको सम्भावित परमाणुअस्त्र प्रयोगबारे केही भनेका बताउँदै पश्चिमा देशका नेताहरूले दिएको प्रतिक्रियाका कारणमा केही सङ्केतहरूमात्रै दिएको बताए ।
पुटिनले रुसी सेनाले नियमित परमाणु अस्त्र प्रयोगबारे गरिएको अभ्यसलाई निरीक्षण गरेका थिए । यो रुसको नियमित कार्यक्रम भएपनि पश्चिमा देशहरुले यसलाई पुटिनले परमाणु प्रयोग गर्न लागेको रुपमा अर्थ लगाएका छन् । युक्रेनले डर्टी बम प्रयोग गरेपछि रुसले पश्चिमा देशहरुले परमाणु हतियार प्रयोग गर्न सक्ने बताउँदै आएको छ ।


अनलाइन डबली


