आज :

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले यसपालि किन लगाएनन् भाइटीका ? यस्तो दुःखद् छ कारण

  • अनलाइन डबली

काठमाडौँ । तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ। ११: ३७ को शुभ साइतमा दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको तिहारमा भाइटीका लगाइनन्। राष्ट्रपति भण्डारीको माइतीघरमा मरणाशौच परेकाले भाइहरूलाई टीका नलगाएको राष्ट्रपति कार्यालयले जनाएको छ। उनका तीन जना भाइमध्ये दुई अमेरिका र एक नेपालमै छन्

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यस वर्ष भाइटीका ग्रहण गरेनन्। भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन। भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन्। यता नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरूको हातबाट भाइटीका लगाएका छन् ।

बिहीवार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।

ओलीले बालकोटमा भाइटीकाको शुभसाइत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरूबाट भाइटीका ग्रहण गरे । त्यस अवसरमा उनले बहिनीहरूले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरूलाई पनि सप्तरंगी टीका लगाई दिएका थिए ।

टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाइटीकाले दिदीबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal