आज :

भाइटीकाको लागि घर हिडेका थिए २ दाजुभाइ तर सबैलाई रुवाउदै बाटोमै यसरी फेरे आन्तिम स्वाँस, शोकमा डुब्यो गाउँ

  • अनलाइन डबली

रोल्पा । रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जानकारी दिए।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका निवासी ५८ वर्षीय विष्णुप्रसाद रिजाल, उनका दाजु सोही ठाउँ निवासी ६० वर्षीय नारायणप्रसाद रिजाल र दाङ राप्ती गाउँपालिकाका निवासी ५० वर्षीया फाम्सी केसी रहेको डिएसपी घिमिरेले बताए।

रोल्पाको सुलिचौरबाट गजुलतर्फ जाँदै गरेको लु १ ज ३२३४ नम्बरको जिप दुर्घटनाग्रस्त भएको थियो। प्रहरीका अनुसार ब्रेकले काम नगर्दा दुर्घटना भएको र जिप सडकबाट करिब एक सय मिटर तल खसेको थियो। दुर्घटनामा परेर १२ जना घाइते भएका छन्।

घाइते हुनेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका– २ खुँग्रीकी ५४ वर्षीय चन्द्रचमन सिंह, ३८ वर्षीया दीपा ठकुरी, १४ वर्षीया नीतु सिंह, ३१ वर्षीया निलम सिंह, १० वर्षीया आस्था थापा, ७ वर्षीया स्वस्तिका थापा, सुनिलस्मृति– ३ मिझिङका ४८ वर्षीय जितबहादुर विष्ट (गाडी चालक), सोही ठाउँकी २४ वर्षीया मेनुका विष्ट, ४२ वर्षीया कुशुमा विष्ट छन्।

त्यस्तै दाङ तुलसीपुर उपमहानगपालिका-१५ डुरुवाकी ४० वर्षीया ईश्वरी थापा, तुलसीपुर– ६ की ४५ वर्षीया भगवती रिजाल, दाङ घोराही उपमहानगरपालिका- ६ की ५० वर्षीया निर्मला शर्मा दुर्घटनामा परी घाइते भएका छन्।

घाइते सबैलाई रोल्पामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी घिमिरेले बताए। उता सिरहाको कल्याणपुरमा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।

भित्रिसडक अन्तर्गत कल्यणपुरकै भोक्राहाबाट कल्याणपुर बजारतर्फ आउँदै गरेको नम्वर नखुलेको ट्याक्टर कल्याणपुर १० पर्चिलवामा दुर्घटना हुँदा चालक कल्याणपुर नपा ४ का ३० को छेदुवा गोइत र केरा साहु सोही नगरपालिका ११ का ४५ वर्षिय दुखिया साहको घटनास्थमै मृत्यु भएको हो ।

छठ पर्वको लागि कल्याणपुर बजारमा विक्रिको लागि ट्याक्टरमा केरा ल्याउँदै गरेको अवस्थमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यामिएर दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको नम्वरप्लेट मेटिएकाले देखिने अवस्थामा छैन । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिरहा लाने तयारी भईरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal