आज :

हाईमार्स निकम्मा भएपछि जेलेन्स्कीलाई बचाउन अमेरिकाले दियो ‘नासम’ डिफेन्स सिस्टम, किभमा तैनाथ

  • अनलाइन डबली

काठमाडौं । युक्रेनलाई सैन्य अस्त्र उपलब्ध गराउँदै आएको अमेरिकाले नयाँ अत्याधुनिक एयर डिफेन्स सिस्टम दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुस विरुद्ध लड्न अमेरीकाले आफ्नो सबैभन्दा अत्याधुनिक एयर डिफेन्स सिस्टम ‘नासम’ दिएको छ ।

अमेरिकाले यसअघि दिएका हाईमार्स, जेवलिन, स्टींगर क्षेप्यास्त्र र एयर डिफेन्स सिस्टम रुसी सेनाले निकम्मा बनाउँदै लगेपछि अमेरिकाले नयाँ प्रविधिसहितको एयर डिफेन्स सिस्टम दिएको बताइएको छ । नयाँ डिफेन्स सिस्टम युक्रेनको राजधानी किभमा तैनाथ गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

अमेरिकाले रुसविरुद्ध लड्न युक्रेनलाई तालिमसहित अत्याधुनिक मानिएको हाईमार्स मिसाइल सिस्टम, एन्टी ट्यांक रकेट, ड्रोन दिँदै आएको थियो । अमेरिकाले दिएका हतियार रुसका अपग्रेड गरिएका हतियारको अगाडि निकम्मा भएपछि नयाँ हतियार दिन सुरु गरेको बताइएको छ । रुसविरुद्ध तैनाथ गरिएका हाईमार्स मिसाइल सिस्टम रुसी सेनाले हाइपरसोनिक जस्ता मिसाइलले ध्वस्त बनाउँदै आएको थियो । पछिल्ला दिनमा रुसी सेनाले हाईमार्स तैनाथ गरिएका क्षेत्रमा हमला बढाएसँगै यो निकम्मा भएको बताइएको छ ।

यअसघि दिँदै आएका हतियारबाट मात्रै रुसी सेनासँग प्रतिरोध गर्न नसकिने निष्कर्ष निकाल्दै अमेरिका तथा नेटो देशले नयाँ अस्त्र दिन सुरु गरेका छन् । यसैगरी जर्मनी, बेलायत लगायतका देशले पनि देशको सबै भन्दा घातक हतियार र एयर डिफेन्स सिस्टम उपलव्ध गराएको बताइएको छ ।

पछिल्ला दिनमा रुसी सेनाले किभमा क्षेप्यास्त्र तथा मिसाइल हमला गर्न थालेपछि अमेरिकाले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको रक्षाको लागि नासम डिफेन्स सिस्टम तैनाथ गरेको बताइएको छ । अहिले दुईवटा नासम सिस्टम किभमा तैनाथ गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यसलाई बढाउँदै जाने अमेरिकाले बताएको छ ।

रुसले गर्ने हमलालाई नष्ट गर्ने भन्दै नासम राजधानी किभमा तैनाथ भएको समाचारमा उल्लेख छ । यसले रुसी सेनाले प्रहार गर्ने मिसाइल तथा क्षेप्यास्त्रलाई आकाशमै नष्ट गर्ने दाबी गरिएको छ । नासमले रुसी हमलाबाट किभलाई बचाउन सक्छ वा यसअघि दिएका हतियारजस्तै निकम्मा हुने हो भन्ने केही हप्तामै जानकारी हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal